साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं मंसिर २ ।
ओखलढुंगामा आज बिहान चुनाबी सभामा सहभागी हुन् कार्यकर्ता चढेको गाडीमा बम विस्फोट गरिएको छ ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका ७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो छन् । विस्फोटमा मानवीय क्षति भने न भएको बताए । सवारी साधनमा भने सामान्य क्षति भएको छ ।
घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताइन । वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेसको चुनावीसभामा भने कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend