साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर २ ।
गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढदो सवारी दुर्घटना न्युनिकरण गर्न भन्दै जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको हो ।
शनिवारबाट कढाईका साथ जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए ।
सवारी चालकलाई टाइम कार्ड लागु भएको जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले भने ‘दूर्घटना न्यूनिकरण गरौ टाइम कार्डमा उल्लेखित समयको पलना गरेका सवारी सञ्चालन गरौं ।’टाइम कार्ड अनुसार चालकले सवारी साधन सुचारु गरे वढदो दुर्घटना न्यूनिकरण गर्न मद्दत हुने प्रजिअ अर्यालको भनाई छ ।
उनले सवारी साधनहरुले सिट क्षमता अनुसार यात्रु राख्न र अनिवार्य रुपमा टाइम कार्ड अनुसार सवारी सुचारु गर्न आग्रह गरे । टाइम कार्डको चेक जाँच कढाईका साथ गरिने छ अर्यालले भने ‘यात्रा गर्ने महानुभावले पनि सिट क्षमता, तिब्रगति,चालकले मापसे गरे नगरेको लगायका कुराहरुमा ध्यान दिनु ।’ जिल्लाबाट छुटने वस, हाइस, निसान गाडी र वअ जिपलाई टाइम कार्डको व्यवस्था गरिएको छ ।
सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुटने सवारी साधनहरुलाई रिडी सम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो । सदरमुकाम तम्घासबाट छुटने वसले रिडी २ घण्टा ४५ मिनेटमा पु¥याउनु पर्ने छ भने हाइस, निसान गाडी बअ गाडीले २ घण्टामा रिडी पुग्ने गरि टाइम कार्डको व्यवस्था गरिएको ट्राफिक कार्यालय गुल्मीका हवल्दार देबीप्रसाद पौडेलले जानकारी दिए । सबै सवारी साधनले टाइम कार्ड अनुसार सवारी साधनहरु सुचारु गरे जिल्लामा वढदो दुरघटना न्यूनिकरण गर्न मद्दत पुग्ने उनको भनाई छ ।
जिल्लामा पहिलो पटक २ वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले टाइम कार्डको लागु गरेका थिए । केहि महिना नियमित भएपनि पुनः बन्द भएको थियो ।डोजर चलाउँदा २ जना हुँनै पर्ने जिल्लामा बाटो खन्ने क्रममा डोजले पल्टाएको ढुंगाले मानिस मर्ने क्रम वढेसँगै नयाँ नियम लागु गरिएको छ ।
डोजर चालक एक्लै बाटो बिस्तार गर्ने तर पैदल यात्रुहरुलाई ख्याल नगरी खन्ने गरेको जनगुनासो वढेसँगै बाटो बिस्तार भएको ठाउँमा सुचना प्रसारण गर्ने तथा अनिवार्य हेल्फर राख्ने व्यबस्था गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।
हेल्फरले पैदल यात्रुलाई आवतजावतमा सहजता गराउन समेत अर्यालले आग्रह गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend