साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मंसिर १ ।
घरमाथिबाट पहिरो खसेर घर भत्किदा गुल्मीमा एक महिला घाइते भएकी छन् । जिल्लाको धुर्कोट गाउँपाकिला वार्ड नम्बर ४ जैसिथोक निवासी भोजराज पौडेलको घरमाथिबाट विहिबार राति ९ बजे घर माथिबाट मोटर बाटोको लागि लगाएको जालि भत्किन गई पहिरो खस्दा घरमा सुतिरहेकी उनकी श्रीमति हरीकला पौडेल घाइते भएकी हुन् । घाइते पौडेललाई जिल्ला अस्पताल तम्घासको सामान्य उपचारपछि घर फर्काइएको प्रहरी चौकी वस्तुले जनाएको छ ।
घरलाई भूकम्पले नै असर गरेपनि परिवार घरमै बस्दै आइरहेको थियो । बाटो निर्माणको क्रममा घर माथिबाट लगाएको जालि कुनै पनि समयमा भत्किन सक्ने भन्दै घर छोडेका थिए । तर पहिरोले घर नजिकै रहेको बङ्गालो पनि भत्काएपछि ११ जनाको पौडेल परिवार अहिले आवस विहिन बनेका छन् ।
पौडेल परिवारलाई राहातस्वरुप पहिलो किस्तास्वरुप ७५ हजार उपलब्ध जिल्ला प्राविधिक कार्यलयका सूर्य भण्डारीले जानकारी दिए । भत्किएको बङ्गालोको भने ३ लाखको मुल्याङ्कन गरिएको छ । गराइएको रामेछाप कन्ट्रक्सनले जिम्मा लिएको उक्त सडक निर्माण कार्य बिगत १ बर्षदेखि सुरु भएको जिल्ला प्राविधिक कार्यलयका भण्डारीले जानकारी दिए ।
रेसुङ्गा नगरपालिकाको सेउघाबाट १५ किलोमिटर धुर्कोट गाउँपालिकाको रातामाटासम्म निर्माण हुने सडकको काम २ बर्षमा पुरा गर्ने सम्झौता रहेको छ । यससम्बन्धमा सडकको जिम्मा लिएका रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले सडकको जिम्मा आफूले नभएर निर्माण ब्यवसायी संघका अध्यक्ष नारायण पोखरेलले लिएको बतए ।
तर जिल्ला प्राविधिक कार्यलयले भने सडकका आधिकारीक ब्यक्ति भुसाल नै रहेको बतएको छ । ब्यवसायी संघका अध्यक्ष पोखरेलको भने बिहानैदेखि फोनको स्वीच अफ भएकोले सम्पर्क हुन सकेको छैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend