साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर १ ।
गायिका मञ्जु पौडेल र गायक पशुपती शर्माले यस पटकको निर्वाचनलाई लक्षित गरि नयाँ गीत सार्बजनिक गरेका छन् । यसपटक निर्वाचनमा नेता भन्दा पनि जनताले जित्नु पर्ने मुख्यभाव सहितको ‘यो निर्वाचनमा जनताले जित्नु पर्छ’ भन्दै नयाँ गीत सार्बजनिक गरेका छन् ।
निर्वाचनमा धेरै उम्मेदवार हुन्छन् तर देस र जनताको लागि केहि गर्ने मान्छेलाई जिताउनु पर्छ भन्ने उदेश्य रहेको गीत सार्बजनिक गरिएको गायिका मञ्जु पौडेलले बताइन् । हाम्रो मान्छे भन्दा भन्दै देसको राम्रो मान्छे पछाडी परेकाले देसमा बिकास हुँन नसकेकोले यस पटक नेता भन्दा पनि देसले देसले भन्दा पनि जनताले जित्ने खालको उम्मेदवारले जित्नु पर्ने गीतको मुख्य भाव रहेको पौडेलको भनाई छ ।
नेताले धेरै पटक जिते पार्टीले धेरै पटक जिते गायिक मञ्जुले भनिन् ‘यसपटकको निर्वाचनमा जनताले जित्नु पर्छ त्यो अनुभुति दिनेखालको उम्मेदर चुन्नुपर्ने हुन्छ ।’ जनता अभावमा बाचीरहेका छन्,धेरै समस्या छन्, त्यस्ता समस्याहरु समाधान गर्न नेताले जित्दा काम भएनन् गायक पशुपतिले भने ‘अब हामी रोएर हैन् हासेर दिन बिताउनु पर्छ त्यसको लागी नेता भन्दा पनि देशले जित्नु पर्छ ।
विदेशमा पसिना बेच्ने युवालाई देशमै रोजगार मिलाउने व्यबस्था होस गायक शर्माले भने ‘देशमै केहि गछु भन्नेलाई कम्तीमा पनि एउटा सिस्टम हुनु जरुरी छ त्यसको लागी जनताले जित्नुपर्छ ।’ जनताले आफुले जितेको अनुभुती हुँने खानेको उम्मेदवारले जित्नु पर्ने सन्देशको लागी गीत सर्बजनिक गरिएको गायक शर्मा र गायिका पौडेलको भनाई छ ।
गीत मार्फत देशका लागी राम्रो गर्ने मान्छेलाई सबैले मुल्याङन गर्न उनिहरुको जोड छ । गायक पशुपति शर्माको लय शब्द रहेको गीत बि एस एम म्युजिक प्रालिले बजारमा ल्याएको छ । गीतको म्युजिक भिडियोको अभिनयामा पनि गायक पशुपति र गायिका मञ्जुको मुख्य अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend