साझा नेटवर्क
प्रेम सुनार
गुल्मी ३० कात्तिक ।
गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई प्रत्यक्ष अवलोकन गरी दर्शन गर्न मानिसहरुको भिड लागेको छ ।मकवानपुर हेटौडा उपमहानगर पालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको ३ आँखा र सिङ्ग , २ मुख भएको गाईलाई देखाउदै गुल्मीका स्थानीय वामीटसार बजार र कुर्घा लगायतका स्थानहरुमा मेला अनौठो प्रकारको गाई हेर्न मानिसहरुको भिड लागेको थियो ।
गाईले नबेहुदै दुध दिने गाई जन्मेको ९ महिनादेखि गाईको कचौडो बढेको र दैनिक रुपमा आधा माना दुध दिने गरेको समेत मन्दिरका सदस्य दाहालले जानकारी दिनुभयो ।
साथै विभिन्न ठाँउमा गाईलाई लिएर हिड्दा गाई अनौठौ र धार्मिक हिसावले धेरैले राम्रो मानेको र गाई हेर्न मानिसहरु उत्साहित हुने गरेको मन्दिर समितिका सदस्य सिताराम दाहालले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend