logo
  • शुक्रबार, असोज ९ २०८३

संयुक्त वाम गठवन्धनको मुनपा भेला सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक २९।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित संयुक्त वाम गठवन्धनको मुसिकोट नगरपालिकाको भेला वामी टक्सारमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य तथा मुसिकोट नगर संयोजक जिवन खरेलले वाम गठवन्धन देशलाई सम्वृद्धि तिर लैजान भएको भन्दै एकमना एकताका साथ निर्वाचनमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सचिवालय सदस्य युवराज खरेल, वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्ले, जेष्ठ कम्युनिष्ट लिग जिल्ला कमिटि सदस्य रामचन्द्र श्रेष्ठ, जिल्ला कमिटि सल्लाहकार सदस्य महेस वहादुर जिसि, नगरकमिटि सचिवालय सदस्य अग्नीधर लोहनी लगाएतले वोल्नुभएको थियो ।

भेलाले हरिहर सापकोटाको संयोजकत्वमा ३ सय १ सदस्यिय संयुक्त निर्वाचन परिचालन नगरकमिटिको गठन गरेको छ। त्यस्तै रामचन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यिय आर्थिक समितिको गठन गरेको छ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका नगर उपसंयोजक भुवन केसिको अध्यक्षता तथा नेकपा एमालेका गोपिकृष्ण खरेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend