साझा नेटवर्क
हिम शिखर, गुल्मी कार्तिक २८ ।
धुर्काेट गाउँपालिका १ (साविकको नयाँगाउँ वडा नं. १) राहाले निवासी कृष्ण बहादुर वि.क. (नाम परिवर्तन)की सात बर्षिय नावालक छोरी गंगा वि.क.(नाम परिवर्तन)लाई छिमेकमा बस्ने अन्दाजी ४० वर्षका टिका बहादुर विक (नाम परिवर्तन)ले जर्वजस्ती करणी (बलत्कार) गरी फरार भएका छन् ।
घटना आईतबार भएको भए पनि छिमेकीहरुको असयोगका कारण हिजो सोमबार पुलिस प्रशासनलाई जानकारी गराई नयाँगाउँ प्रहरी चौकीमा केश दर्ता गराईएको थियो ।
पिडित गंगालाई मेडिकल जाँचको लागि जिल्ला अस्पताल तम्घास लगिएको र मेडिकल रिर्पोट आउन बाँकी रहेको नयाँगाउँ प्रहरीले जानकारी गराएको छ ।
अभियुक्त टिका बहादुर अहिले सम्म पनि पक्राउ गर्न नसकेको चौकीका असई कृष्ण गौतमले जानकारी गराउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend