साझा नेटवर्क
साझा नेटवर्क, बुटवल ।
बुटवल तनहु खैरेनी कहाँ जाम कहाँ जाम भैरनी , मेरी माया पोखरा, सम्झनाले सतायो, नमुना जोडी , जस्ता अत्यन्तै चर्चित गीत सिर्जना गरि सकेका लोक तथा दोहोरि गायक पुरुषोत्तम गैरेले बजारमा नया गीत लिएर आएका छन ।
स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको भिडियो , देवदह खैरेनी , सित्तल नगर आसपासमा छायांकन गरिएको छ । अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायांकन गरेका छन् ।
सगुन शर्माको श्रीन्गार रहेको भिडियोमा २ जना प्रेमी प्रेमिकाको बिसय बस्तुलाई समेटिएको छ । घर परिवारको डर त्रासले राम्रो संग फोनमा खुलेर कुरा गर्न नपाएको कुरालाई प्रस्तुत गरिएको छ।
यो भिडियो देखि सांगीतिक क्षेत्रमा पाइला चालेका आशिष शर्मालाई यो भिडियोमा देख्न सकिन्छ, आफुलाइ गीत संगीतमा अत्यन्तै रुचि भएको बताउने आशिष प्लस टु मा अध्यनरत बिद्यार्थी पनि हुन् ।
सानै देखि अभिनय र नृत्यमा चासो राख्ने आशिस राम्रो कलाकार बनेर देखाउने बताउछन साथै आशिषलाइ साथ् दिएकी छिन स्मृति घिमिरेले, साथमा चर्चित मोडल राजु महोत्रालाइ पनि भिडियोमा देख्न सकिन्छ । गीतमा गीता खरेल र अशोक श्रेष्ठको समेत भूमिका रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend