logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्र निर्माणको लागि बामपन्थी सरकारको विकल्प छैन : पन्थी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी कार्तिक २७ ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दिनेश पन्थीले समृद्ध नेपाल निर्माणका लागि बामपन्थी सरकारको विकल्प नरहेको बताए । नेपाली काङ्ग्रेसले धेरै बर्षसम्म पनि सासन गर्दा समेत केहि उपलब्धि नभएको भन्दै उनले जनताले त्यसको विकल्प खोजिरहेको बताए ।

गुल्मीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा बाम गठबन्धनको तर्फबाट उम्मेद्धार रहेका पन्थीले धुर्कोट गाउँपालिका ५ रजस्थलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै त्यसो बताएका हुन । बामपन्थीहरुको धेरै बहुमत हुँदाहुँदै पनि काङ्ग्रेसले धेरै पटक सरकार चलायो तर केहि परिवर्तन भएन ।’

उनले भने, ‘त्यसैले देशलार्ई बामपन्थीहरुले मात्र उन्नती र प्रगतिको बाटोमा लैजान सक्छन् ।’ यसका लागि उनले यसपालि सबैले बाम गठबन्धलाई सहयोग गरि आफूहरुको पक्षमा दुइतिहाई मत दिन समेत अपिल गरे ।

जिल्लाको सन्दर्भमा पनि महत्वपूर्ण विकासका कामहरु बामपन्थी नेताहरुको पहलमा मात्र भएको दाबी गर्दै उनले काङ्ग्रेसले गलत प्रचार गरेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend