logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा सडक दुर्घटना, एकको मृत्यु एकको अवस्था गम्भीर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार गुल्मी, कार्तिक २७ ।
गुल्मीको जोहाङ्ग खैरेनी र चोरकाटेको विचमा पर्ने घुसे भन्ने स्थानमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घम्भीर घाईते भएका छन् ।

विहान करिव साढे १० को समयमा खैरेनीबाट चोरकाटे तर्फ जाँदै गरेको लु १ त १८१७ नम्वरको ट्याक्टर सडक देखि करिव ७० मिटर तल खस्दा बाँके जिल्ला साविकको नौवत गाविसका अनदाजी ४५ वर्षिय हरिशकुमार शाहको मृत्यु भएको हो ।

घटना स्थलमा पुगेका रिडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टराईका अनुसार सत्यवती गाउँपालिका वडा नम्वर ६ का २१ व्र्षिय सुजन पुलामी गम्भीर घाईते भएका छन् ।

उनलाई जोहाङ्ग स्वास्थ्य चौकमा उपचार हुन नसकी पाल्पा थप उपचारका लागि पठाईएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

मृतक शाह त्यस भेगमा केहि समय यता ठेक्का पट्टाको काम गर्दै आएको बुझिन आएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए । दुर्घनाको कारण भने खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend