साझा नेटवर्क
कुमार ‘अविरल” पन्थी ।
पछिल्लो समय चर्चामा रहेकी लोक तथा दोहोरी गायिका निर्मला थापा मगरको गीति एल्वम “गोर्खाली सोल्टी” सार्वजनिक भएको छ । “गोर्खाली सोल्टी” नामक गीति एल्बमलाई आशिष म्यूजिक प्रालिले बजारमा ल्याएको हो ।
गुल्मी जिल्लामा जन्मिएर राष्ट्रिय स्तरमै ख्याती कमाउन सफल गायिका मगरले विभिन्न विधाका गितहरु निकालेर लोक दोहोरीको क्षेत्रमा चर्चा कमाउदै छिन ।
हालै बजारमा आएको तिज गित “गोर्खाली सोल्टी”मा बाल्यकालमा मेलापात, घास दाउरा गर्दा बनपाखामा गाईने फरक खालको मौलिक भाकालाई समावेश गरिएको छ । लोप हुदै गएको मौलिक भाका र पछिल्लो समय चलन चल्तीमा रहेको भाकालाई सोहि गितमा पाउन सकिन्छ ।
गितमा सुटुक्कै भेट्थ्यौ हजुर पहरे भिरमा, मायाले बोलाउथ्यो सुसेली, लाहुरैबाट हजुर आएको सोल्टी के छ त यो ज्यानलाई कोशेली, “गुरास फुले झैँ बनैमा – यो ज्यानको माया राखे है मनैमा” जस्ता शब्दहरु सजिएका छन।
गोविन्द मधुरको शब्द तथा लय शृजना रहेको गीतमा स्वयंम गायिका निर्मलाको स्वर रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा निर आले र वर्षा मगरको अभिनय देख्न सकिन्छ ।
करन चैसिरले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोको दृश्य निर्माण साई भिजन प्रालिले गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend