logo
  • शुक्रबार, असोज ९ २०८३

९९ वर्षिय बृद्धले गोकर्ण विष्टलाई दिए अग्रीम बधाई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी कार्तिक २६।
जहाँ र जहिले पनि गुल्मी क्षेत्र नम्वर २ का उमेदवार तथा एमाले नेता गोकर्ण विष्टको चुनावी सभामा बढि मात्रमा महिला र बृद्ध बृद्धाहरुको सहभागिता बढि हुने गरेको छ। स्पष्ट बक्ता , आकर्षक व्यक्तित्व र सरल स्वभावका उनि महिलाहरुका फ्यान हुन्।केहि दिन अघि अर्खलेको एक विद्यालय बाहिर सडकबाट हिड्दै गरेका उमेदवार विष्ट आए भन्ने थाह पाउन साथ कक्षा कोठाबाट सवै विद्याथी वाहिर निस्केर चर्को हुटिङ गर्दै तालि हानेर स्वागत गरेका थिए । कक्षा शिक्षकहरुले ढोकामा छेकेर पनि नियन्त्रण गर्न सकेका थिएनन्। आज पनि हाडहाडेमा त्यस्तै भयो।

त्यहाँका युवाहरुले हुटिङ्ग गरेर उनको स्वागत गरे । चुनावी सभामा फुलमाला भिराई दिने महिलाहरुलाई लाईनबद्ध गराउन हम्मेहम्मे प¥यो । मालाले टाउँको नै छोपिने भए पछि सहयोगी मार्फत ग्रहण मात्रै गरे विष्टले । उता बृद्ध बृद्धाहरुको भिड पनि त्यति कै थियो ।

त्यो भिड मध्ये हाडहाडेका ९९ वर्षिय बृद्ध खिमबहादुर बिकले मान्दै मानेन् । उनि गोकर्ण विष्टलाई नजिक आएर स्पष्र्श गर्न र आशिर्वाद दिन चाहेको सहयोगी मार्फत खवर पठाए। उनलाई बोलाईयो । बिकले नेता विष्टलाई गरिव दलित र बृद्धहरुका देउता हुनुहुन्छ तपाई भनेरर गालामा स्पर्श गरे।

कानमा पुष्पागुच्छा पहिराउँदै जित तपाईको भई सक्यो मेरो आशिर्वाद छ यसरीनै हाम्रो मन जित्न सफल रहुनु होला भने । महिला र युवाहरु पछि गोकर्ण विष्ट बृद्ध बृद्धाहरुको विचमा पनि लोककप्रिय छन भन्ने कुरा स्पष्ट भएको पत्रकार शिवलाल सुवेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend