logo
  • शुक्रबार, असोज ९ २०८३

निर्वाचन खर्च कम गराउने प्रयासमा उम्मेद्धारहरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी कार्तिक २६ ।
चुनाव खर्चिलो बन्दै गएपछि गुल्मीमा उम्मेदवारले निर्वाचनको प्रचार शैली फेर्न थालेका छन् । ठुला सभा र कार्यक्रर्ताको हुल घटाउ“दै दुर्गम र नियमित घरदैलो एवं भेटघाटले उम्मेदवारको खर्च कम र मतदातासंगको निकटता समेत बढाएको छ ।

प्रतिनिधिसभा १ मा बाम गठबन्धनको तर्फबाट एमाले सचिव प्रदिप ज्ञवाली र प्रदेश सभाका गठबन्धनबाट उम्मेवार माओवादी केन्द्रका सुदर्शन बरालले भूमिगत शैलिमा मतदाताको घरमा पुगेर, धान, कोदो काट्दै गरेका मतदातासंग बारीमै पुगेर मकैभट्ट खा“दै भोट माग्नुभएको छ ।

५० वडामध्ये आधाभन्दा बढी वडामा हिडेर मतदातालाई भेटेका उहाँहरुले सभामा मतदाता आउनै नखोज्ने र भाषण सुन्ने नखोज्ने मनोविज्ञान मतदातामा रहेकाले घरदैलो नै प्रभावकारी हुने देखेर सम्भव भएका स्थानसम्म घरदैलो र भेटघाट गरेको ज्ञवालीको भनाई छ ।

काङ्ग्रेसबाट निर्वाचन क्षेत्र नं. १ का प्रदेश सभा १ उम्मेदवार बनेका शालिक पन्थीसँग प्रचारप्रसारमा दैनिक बढीमा ४ जना कार्यकर्ता छन् । एउटै जिपमा बस्छन् र दैनिक भेटघाटमा निस्कन्छन् । निर्वाचन खर्च कम गराउन र मदतालाई रिजाउन उनी किसानको खेतबारीमै मत माग्न पुग्ने गरेका छन् ।

प्रतिनिधिसभा १ प्रदेश ‘ख’ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दिनेश पन्थी पनि आफ्नो भन्दा पनि मतदाताको फुर्सद हेरेर घरदैलो गरिरहनुभएको छ । थोरैमात्र कार्यक्रता लिएर घरदैलो अभियानमा लाग्दा निर्वाचन खर्चमा समेत कमी आउने उहाँको भनाई छ ।

यस पटकको निर्वाचनमा निर्वाचन आचार संहिताको राजनीतिक दलले पालना गर्नैपर्ने बाध्यकारी ब्यवस्थाका कारण पनि निर्वाचन निष्पक्ष तथा कम खर्चिलो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend