logo
  • शुक्रबार, असोज ९ २०८३

५० हजार युवालाई स्वदेश फर्काउँछु : रायमाझी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल कार्तिक २६।
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घाखाँची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउने बताएका छन्।युवाहरूलार्इ स्वदेश फर्काउनका लागि पूर्वाधार तयार गरिने नेता रायमाझीले बताए । उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन,रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने,जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको बताए ।

गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पु¥याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना माओवादीले राखेको जानकारी दिए ।

उनका सल्लाहकार सन्देश पौडेलले एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ऊर्जा, शिक्षा,युवा विकास र खेलकूद, कृषि खानेपानी, सडक र पर्यटनको विकासका लागि पनि पार्टी कटिबद्ध हुने बताए ।

त्यस्तै जिल्लामा चार वटा शीतभण्डार स्थापना गरी तरकारी तथा फलफूल भण्डारण गरेर बेमौसमा बजारमा पठाइने व्यवस्था मिलाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend