logo
  • शुक्रबार, असोज ९ २०८३

देशको सम्वृद्धिको लागि वाम एकता भएको पूर्व शिक्षा मन्त्रि शर्माको भनाई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक २५ ।
पूर्व शिक्षा मन्त्रि तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य दिननाथ शर्माले देशको सम्वृद्धिको लागी वाम गठवन्धन भएको वताउनु भएको छ। आज वडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा अगुवा पार्टिका एजेन्टहरुलाई शनिवार प्रशिक्षण दिँदै शर्माले सो कुरा वताउनु भएको हो।

कार्यक्रममा शर्माले लामो समय राजनैतिक परिवर्तनको आन्दोलनहरु भएको अव आर्थिक सम्वृद्धिको समय आएकोले सवै वाम एक ठाम हुनु परेको स्पष्ट पार्नुभयो। एमाले र माओवादी विच निर्वाचन लगत्तै पार्टि एकता हुने भन्दै कार्यकर्ताहरुलाई एक मनका साथ निर्वाचनमा लाग्न निर्देशन दिनुभएको छ।

कार्यक्रममा अधिवक्ता हरि प्रसाद शर्माले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न र नेता तथा कार्यकर्ताको आचारसंहिताको वारेमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य गंगा भुजेल, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा वडिगाड संयोजक शान्ति अधिकारी, वडिगाड गाउँपालिका प्रमुख मेयरसिंह पाईजा लगाएतको सहभागिता रहेको थियो।

मुख्य वाम दलका प्रमुख नेताको सम्बोधनको कार्यक्रमको तयारी हुँदै

गल्कोट नगर स्तरीय वाम गठवन्धनको निर्वाचन परिचालन समितिको विस्तारीत भेला तथा वैठक हटियामा सम्पन्न भएको छ। कार्यक्रममा निर्वाचन परिचालन प्रदेश संयोजक तथा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष वेदिलाल सापकोटा, नेकपा एमालेको जिल्ला सदस्य वुल वहादुर केसि लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम निर्वाचन परिचालन गल्कोट नगरकमिटिका संयोजक तिलक उप्रेतीको अध्यक्षता, सचिवालय सदस्य टंक केसिको स्वागत मन्तव्य तथा वडा नं. ११ का अध्यक्ष डम्वर वहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो। वैठकमा संयुक्त वाम गठवन्धनमा आवद्ध दलहरुका नगरकमिटि प्रमुख, प्रत्येक वडाका वडा संयोजक लगाएतलको सहभागिता रहेको थियो। वैठकले ३० गते हुने कार्यक्रमको लागी कार्य विभाजन गरेको छ ।

२९ गते युवा र्याली निकाल्ने निर्णय गरेको छ। ३० गते नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र वहादुर केसि लगाएत वागलुङका वाम गठवन्धनका ६ जना उमेद्वार हरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

वाम गठवन्धनको विस्तारित वैठक रिघामा

संयुक्त वाम गठवन्धन को वडा स्तरीय भेला तथा विस्तारीत वैठक रिघामा सम्पन्न भएको छ। वैठकमा युवा परिचालन उपसंयोजक धिरेन राजवंशि, राजमो ग्राम अध्यक्ष वल वहादुर पुन लगाएतले प्रशिक्षणत्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वैठकले टोल टोलमा निर्वाचन परिचालन समिति गठन गर्ने, प्रचार प्रसारलाई तिव्रता दिने, २९ गते उमेद्वार देवेन्द्र पौडेल सहितको कार्यक्रम ठूलो चौरमा गर्ने, वाम गठवन्धनका केन्द्रिय अध्यक्षहरुले सम्वोधन गर्ने ३० गतेको गलकोटमा हुने वृहत आमसभामा उल्लेख्यिय सहभागिता गराउने लगाएतका निर्णय गरेको छ।

वैठक निर्वाचन परिचालन कमिटि रिघाका अध्यक्ष नर वहादुर घर्तिको अध्यक्षता, उपसंयोजक दल वहादुर वुढाथोकीको स्वागत मन्तव्य तथा नेकपा एमालेका डोलेन्द्र रानाको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend