साझा नेटवर्क
रामु पौडेल, बुटवल कार्तिक २५ ।
जीवनमा बल्यकाल देखि नै सधै संघर्ष, मेहनत र लगनशीलता का साथ जीवन अगाडि बढाउदै र संघर्षलाई सामान्य ठान्ने, निडर , साहसी र मिलनसार व्यक्तित्व माधब भाट क्षेत्रीको जन्म वि.स. २०३७ साल फल्गुन महिनाको २० गते बुबा विष्णु भाट र आमा टुकिकला भाटको कोखबाट अर्घाखाँचीको साविक धारापानी गाविस वडा नं. ७ हाल भुमिकास्थान नगरपालिका वार्ड नं. ३ मा सामान्य परिवारमा भएको हो ।
बुवा बिष्णु भाट तत्कालिन स्थितिमा आफ्नो परिवार चलाउन मुग्लान छिर्नु भएका थियो । आफ्नो बाल्यकाल अर्घाखाँचीको धारापानीमा विताउनु भएका माधब भाटले आफ्नो प्रारम्भिक शिक्षा अर्घाखाँचीको धारापानी स्थित सिद्धार्थ प्रा.बि.,शंकर जनसेवा प्रा.बि. र शान्ती उच्च मा.वि. बाट औपचारिक रुपमा सुरु गर्नु भएको हो ।
आफु जान्ने भए देखि श्यामसुन्दर बन्जाडे ,छवि खनाल र अरु सङ्गै पढ्ने साथिहरु बिष्णु भाट र हुम बहादुर घ.म. बामपन्थी आन्दोलनमा आवद्ध भएर लुकीछिपी राजनीति गरेको भेउ पाएका भाट विस्तारै राजनीतिक गतिविधिबाट प्रभावित हुनु भयो ।
२०४८ सालमा सम्पन्न सांसदिय निर्वाचनमा राष्ट्रिय जनमोर्चाले संविधान कालो छ भन्दै चुनाव बहिस्कार गरेको र आफुले सपोर्ट गर्ने पार्टीका केही कार्यकर्ताहरुलाइ पुलिसले गिरफ्तार गरि यातना दियको भन्ने सुनेका माधब भाट क्षेत्री त्यस बेला देखि राजनितीमा सकृयताका साथ लाग्ने प्रण गरेका हुन ।
२०५० सालमा १३ बर्षको उमेर मै अखिल (छैठौं) को इकाइ समिति सदस्य बनी औपचारिक रुपमा संगठित भइ राजनीतिमा प्रवेश गरेका भाट २०५५ साल सम्म राष्ट्रिय जनमोर्चा निकट कहिले रक्तिम अभियान कहिके युवक संघ त कहिले बिद्यार्थी मोर्चामा रहेर नेतृत्वदायि भुमिका निर्वाह गर्नुभयो पछि परिवारिक समस्याका कारण रोजगारीको सिलसिला मा भारतका विभिन्न शहरहरुमा काम गर्दा गर्दै पनि मुल प्रवाह अखिल भारत नेपाली एकता समाजमा रहेर समेत काम गर्नु भयो ।
पछि २०५७ मा रोजगारीकै सिलसिलामा बेलायत जानु भयो बेलायतका लन्डन सहित विभिन्न शहरहरुमा चार बर्ष सम्म रोजगार गरि २०६१ मा स्वदेश फिर्ता भइ अर्घाखाँची बाट कपिलवस्तुको चार नम्बर जितपुरमा बसाइँसराइ गरि हालसम्म चार नम्बर जितपुर लाई नै कर्मथलोको रुपमा लिइरहनु भयको छ ।
सानैदेखी गीत र नृत्यमा रुची राख्ने भाट कपिलवस्तुमा पार्टीले सञ्चालन गरेका सांस्कृतिक कार्यक्रमहरुमा सहभागि हुन थाल्नु भयो । सांस्कृतिक कार्यक्रमको नेतृत्व गरी सांस्कृतिक आन्दोलनमा जोडिनु भयो । २०६२/६३ को जन आन्दोलनमा रक्तिम अभियानका सास्कृतिक कार्यक्रमहरुमा नेतृत्व दायि भुमिका निर्वाह गर्नु भयका भाट २०६५ सालमा रक्तिम अभियान कपिलवस्तुको जिल्ला अध्यक्षको रुपमा चुनिनु भयो। पछि रक्तिम अभियान को केन्द्रिय पार्शद हुँदै प्रगतिशील पत्रकार संघको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुँदै हाल नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद समेत हुनुहुन्छ।
सामाजिक क्रियाकलापमा निकै सकृय भाट कपिलवस्तु उद्योग बाणिज्य संघको निबर्तमान उपाध्यक्ष समेत हुनुको साथै अन्तर्राष्ट्रिय सामाजिक सस्था रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनको महासचिवमा रहेर महत्वपूर्ण भुमिका निर्वाह गरिरहनु भयको छ। साथै अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका केन्द्रिय सदस्य हुनुको साथै राष्ट्रिय जनमोर्चा र निकटका जनबर्गिय संगठन हरुमा नेतृत्वदायी भुमिका निर्वाह गरि सक्नु भयको छ।
यसका साथै यस बीचमा देशमा चलेका राष्ट्रियता, अखण्डता र सार्वभौमिकताका पक्षका हरेक आन्दोलनका अग्रपंतीमा रहेर निरन्तर संघर्षमा भाग लिनु भयो । देशको राष्ट्रिय अखण्डताको आन्दोलन होस् या पाँच नम्बर प्रदेश टुक्राउने सरकारको संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा सक्रिय सहभागि हुनु भयो । २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दी विरुद्ध डटेर संघर्ष गर्नु भयो भने, पार्टीले सञ्चालन गरेका एकल तथा संयुक्त आन्दोलनको सधै सहभागि रहनु भयो ।
माक्र्सवादलाई आफ्नो जीवन दर्शन ठान्ने भाटका एक श्रीमति सीता सन्तनमा एक छोरी शृस्टि र दुइ छोरा रेशम र रोहित भाट छन । ३६ वर्षिय जुझारु युवा माधब भाट हाल कपिलवस्तु जिल्लाको १ नम्बर क्षेत्र बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनु हुन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend