logo
  • आइतबार, असोज ११ २०८३

८२ वर्षको उमेरमा पहिलो पटक मतदान गर्दै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार,गुल्मी कार्तिक २५।
छोराहरुले चौरासी गरी सके उनको उमेर चाँही ८२ वर्षको भयो । किशोर अवस्था देखि भारतमा बस्दै आएका ति बृद्धले अहिले सम्म स्वदेशको कुनै पनि निर्वाचनमा मत हाल्ने अवसर पाएका छैन् ।गत स्थानिय तहको निर्वाचनमा समेत उनि भारत मै थिए ।तर अहिले उनी जिवनमै पहिलो पटक भोट हाल्न पाउने गरी घर आएका छन् । ति हुन् रेसुङ्गा नगरपालिका वडा नम्वर ५ लामडाँडाका रुद्रबहादुर खत्री ।

वामगठबन्धबाट प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टको चुनावी सभामा अनौठो मान्दै दुई हात गालामा लगाउँदै सुनिरहेका उनलाई विष्ट कुन पदका लागि चुनाव लड्दै छन भन्ने कुरा भने थाह छैन् ।

कस्ता नेतालाई भोट दिनु हुन्छ ? भन्ने प्रश्नमा उनको भने–‘ बुढेशकालमा काम गरेर खान सकिन्न , जसले हामी बुढा बुढीको दुख हेर्छ उसैलाई भोट दिईन्छ ।’ विष्टको चुनावी सभामा बढि मात्रमा वृद्ध बृद्ध, एकल महिलाहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend