logo
  • शुक्रबार, असोज ९ २०८३

५ बर्षमा विकासशिल र १० बर्षमा विकसित मुलुक बनाउछौ :नेता ज्ञवाली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल,गुल्मी कार्तिक २१।
नेकपा एमालेको केन्द्रिय सचिव प्रदिप ज्ञवालीले आगामी ५ बर्षमा नेपाललाई अति अल्पविकसित देशबाट विकासशिल राष्ट्र बनाउने बताएका छन् ।

१० बर्षमा मध्यम आय भएको विकसित मुलुक र १० बर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गरेर देशका सबै जनशक्तिलाई देशमै रोजगार सिर्जना गर्ने बताए गुल्मीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्धार समेत रहेका ज्ञवालीले कालिगण्डगी गाउँपालिका ३ जयखानीको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘नेपाल प्राकृतिक हिसाबमा धेरै धनी मुलुक हो ।’ उनले भने, ‘यसै सम्पदाको उच्चतम सदुपयोग गर्दै नेपाललाई विकासशिल राष्ट्रको दर्जामा पु¥र्याउछौँ ।’अर्को प्रसङ्गमा उनले अब निर्वाचनपछि देशका कुनै पनि गाउँका बालबालिका अब विद्यालयबाहिर रहनु पर्ने बताए । नेपालमा ठूलो संघर्ष गरी नयाँ संविधान जारी गरेको भन्दै यो संविधान कार्यन्वयनको चरणमा भएको र कार्यन्वयन भएको जिम्मा पनि राजनीतिक दलकै काधँमा रहेको बताए ।

बाम गठबन्धनका लागि लामो संघर्ष भएको थियो

एमाले सचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रबिच बाम गठबन्धन लामो समयको छलफलपछि निर्माण भएको बताए । बाहिर देखिएको जस्तो एक्कासी नभई यो गठबन्धन धेरै लामो समयदेखि नै प्रयास भएको तर अहिले आएर मात्र यसले सार्थकता पाएको उनको भनाई छ । एउटै सिद्धान्त भएका दुई दलहरुका बिच चुनावपछि पार्टी तालमेल गर्ने र देशलाई विश्वमै नमुना मुलक बनाउने उदेश्यसहित गठबन्धन निर्माण गरिएको बताए । गठबन्धनले देशमा रहेको अनियमितता, भष्ट्रचार लगायतका समस्याहरुको अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गर्ने उनको भनाई छ ।

देश विकास गर्न स्थिर सरकार चाहिन्छ: नेता बलाल

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदर्शन बलालले देश विकासको लागि स्थिर सरकार चाहिने बताएका छन् । नेपालमा धेरै पटक धेरै सरकार फेरीएको र त्यसबाट देशले कुनै निकास नपाएको भन्दै नेता बलालले अब स्थिर सरकारले मात्र देशको  रक्षा गर्न सक्ने बताएका हुन् । गुल्मीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश नम्बर १ का उम्मेद्धार समेत रहेका बलालले लम्सराङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘देशमा रहेको बेरोजगारीलाई अन्त्य गर्न, चाहेका काम गर्न र देशलाई विकासशिल बनाउन स्थिर सरकार चाहिन्छ ।’ नेता बलालले भने, ‘त्यस्तो स्थिर सरकार बाम गठबन्धनले मात्र बनाउन सक्छ ।

’ दुई तिहाई मत ल्याएर पनि नेपाली काङ्ग्रेसले २०१५ सालमा देशका लागि केहि नगरेको भन्दै नेता बलालले अब नेपालमा बाम गठबन्धनको विकल्प नभएको समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend