साझा नेटवर्क
कमल पौडेल,बागलुङ कार्तिक २०।
वामपन्थी गठवन्धनको तर्फवाट वडिगाड गाउँपालिका वडा नं. २ को चुनावी समिक्षा तथा कार्ययोजना निर्माण गर्ने गरि वैठक तथा भेला सम्पर्क कार्यालय खर्वाङमा सम्पन्न भएको छ।
सो भेलामा सम्बोधन गर्दै नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभागका केन्द्रिय सदस्य सुनिल शेरचनले देशमा नेपाली काग्रेसले चिलको हल्ला चलाएर कुखुरा चोर्न लागेको आरोप लगाउनु भएको छ। वामपन्थीहरुले अधिनायकवाद ल्याउँछन् भन्नु तर्साउने हल्ला भएको भन्दै राजनैतिक स्थायीत्वको लागी जनचाहना अनुरुप गठवन्धन भएको वताउनु भएको छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय अधिवेशन आयोजक समितिका सदस्य गंगा भुजेलले वाम पन्थीको जित भै सकेको औपचारिकताको लागी मंसिर १० गते कुर्नु परेको वताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका दुर्गा अर्याल लगाएतले वोल्नुभएको थियो।
कार्यक्रम नेकपा एमालेका ढालेन्द्र शेरचनको अध्यक्षता, नेकपा माओवादी केन्द्रका ढालेन्द्र वनको स्वागत मन्तव्य तथा राष्ट्रिय जनमोर्चाका दोर्ण वनले संचालन गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend