logo
  • शुक्रबार, असोज ९ २०८३

देश सम्वृद्धि नेपाल वाम एकता : मेयर पौडेलको दावी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,बागलुङ कार्तिक २०।
संयुक्त वाम गठवन्धनको जनप्रतिनिधि परिचालन कार्यक्रम अन्र्तगत वडिगाड गाउँपालिकाको भेला ग्वालीचौर खौलारमा सम्पन्न भएको छ।भेलाको उद्घाटन गर्दै नेकपा एमाले प्रदेश सदस्य तथा जनप्रतिनिधि परिचाल जिल्ला समितिका बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले केन्द्र देखि गाउँ सम्म वामपन्थीको सरकार निर्माण गरि देशलाई सम्बृद्ध वनाउने वताउनु भएको छ। जनप्रतिनिधिहरु चुस्त हुनुपर्ने भन्दै पौडेलले राजनैतिक स्थायीत्व र दुरदर्शि नेतृत्ववाट मात्रै मुलुकको सम्वृद्धि सम्भव भएकोले जनचाहना अनुरुप वाम गठवन्धन भएको वताउनु भएको छ। नेकपा एमालेका जिल्ला उपसचिव तथा जिल्ला समन्वय समिति वागलुङका उपप्रमुख विष्णु भुसालले वाम पन्थीहरुको वहुमतको सरकारले ५ वर्षमा देशको मुहार फेर्ने भन्दै जनतालाई सचेत वनाउन जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ।राष्ट्रियताको रक्षा गर्नु देश भित्रका कुनै पनि दल र नागरिकको दायित्व हुने भन्दै भुसालले वाम पन्थी गठवन्धनको सरकारले सो पुरा गर्ने भन्दै सवैलाई निर्वाचनमा होमिन आह्वान गर्नुभएको थियो।कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक तथा केन्द्रिय सदस्य राजिव घिमिरेले वामपन्थीको जित भैसकेको र घोषणा गर्न मात्र वाँकी रहेको वताउनु भएको थियो।

सो भेलाले वडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाइजाको संयोजकत्वमा ३९ सदस्यिय जनप्रतिनिधि परिचालन समितिको गठन गरेको छ।कार्यक्रम वडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाइजाको अध्यक्षता, तथा नेकपा एमाले वडिगाड गाउँपालिका वडा नं. ५ का अध्यक्ष कमलराज आचार्यको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend