साझा नेटवर्क
साझा नेटवर्क संवाददाता, गुल्मी कार्तिक २० ।
शालिक पन्थी सवैका लागि सालिक जस्तै सरल र शालीन छन् । गुल्मीको रेसुङ्गा नगरपालिका १ उदिनढुङ्गामा २०२३ असार १४ गते जन्मिएका उनी काङ्ग्रेस भित्रका प्यारा नेता हुन् । नेविसंघ मार्फत राजनीतिमा प्रवेश गरेका उनी सानैबाट यो क्षेत्रमा उत्पेरित थिए ।

आधा उमेर ढल्की सकेका पन्थीले जीवनको धेरै उर्जा राजनितीमा सर्मपित गरेका छन् । उग्र स्वभावले राजनैतीक विकास असम्भव ठानेका उनले सवै नेता कार्यकर्तालाई नम्रता प्रस्तुत गर्दछन् । पार्टीको तर्फबाट गुल्मी क्षेत्र नं २ को ‘क’ प्रदेशको टिकट पाएका पन्थी चुनाव जितेरै छाड्ने रणनैतिक योजनामा छन् ।
मलाई सानैदेखि नेतृत्व गर्ने वा कुनै सभा सम्मेलन अथवा नेताहरुका भाषण सुन्ने कार्यक्रममा जान मन लाग्थ्यो र जान्थे पनि । सधै साथीहरुले खोलामा अथवा कुनै मनोरञ्जनका क्रियाकलापमा सहभागि हुन भन्दा पनि नेताका कार्यक्रम कहिल्ले छोड्ने थिइन्, तिनै नेताका भाषण र विभिन्न ठाँउका कार्यक्रमले मलाई पनि २÷४ जनाको अगाडी गएर बोल्ने मन लाग्थ्यो तर अवसर मिल्ने थिएन ।
विद्यालयमा पनि खासै साप्ताहिक कार्यक्रम नहुने, घरमा सधैभरी काम गर्नुपर्ने जस्ता कामले गर्दा साथीहरुसँग खेल्न जाने समेत समय मिल्ने थिएन मलाई । तरपनि म जहाँ भएपनि मेरो ध्यान भने तिनै नेताका भाषणमाथि नै हुने गर्दथ्यो । त्यस समयमा म १३ बर्षको थिए, जतिबेला मैले नेपाल विद्यार्थी संघको सदस्यता लिएँ ।
नेपाल विद्यार्थी संघको बारेमा मलाई केहि पनि थाहा थिएन । मेरो घर जिल्लाको सदरमुकाममा भएको र मैले महेन्द्र माविमा भर्ना भएको हुँदा त्यहाँ केहि विद्यार्थीहरु रसिद लिएर पैसा माग्न आए । त्यसबेला कक्षामा एकजना मोनिटर हुन्थ्यो र उसले भनेको सबैले मान्नुपथ्र्यो । त्यसैक्रममा मोनिटरले रसिद काट्न भनेपछि सबै साथिहरुसँगै मैले पनि एउटा रसिद लिएँ ।जीवनमा पहिलो पटक हात परेको त्यस साधा कागजबारे मलाई अन्त्यन्तै खुलदुली जाग्यो । पछि बुझ्दै जाँदा त्यो त नेपाली काङ्ग्रेस निकट विद्यार्थीहरुको एउटा भातृ संगठन पो रहेछ । त्यसपछि मैले नेपाली विद्यार्थी संघको ‘विद्यार्थी सरल राजनीति’ भन्ने पुस्तक पढेँ । त्यस पुस्तकमा विद्यार्थीहरुको हक, अधिकार तथा कर्तब्यको कुरा लेखिएको रहेछ ।
त्यसका साथै नेपाली काङ्ग्रेसको बारेमा पनि केहि कुरा उल्लेख गरिएको रहेछ । त्यस पुस्तकमा काङ्ग्रेसलाई दुखी, पिडीत र अन्याय तथा अत्याचारको विरुद्धमा तथा किसान मजदुरको पक्षमा बोल्ने पार्टीको रुपमा परिभाषित गरिएको थियो । त्यसै कारणले गर्दा म काङ्ग्रेसमा आवद्ध भए ।
पन्थी सानैदेखि नै राजनीतिमा चासो लिने ब्यक्ति भएकाले कुनै समूहको नेतृत्व लिन पछि पर्दैनथे । त्यसैक्रममा उनी २०३८ सालमा नेविसंघ जिल्ला कमिटीको सदस्य भए र जिल्लाका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई संगठित गर्ने कार्यमा सक्रिय रहे । ०४३ मा पञ्चायती ब्यवस्था हुँदाको अवस्थामा नेपाल विद्यार्थी संघको अध्यक्ष भए ।
त्यसक्रममा कठोर पञ्चायती ब्यवस्था भएकोले राजनीति गर्नेहरुलाई धेरै कठिन अवस्था थियो । त्यसकारण पनि राजनीतिमा कमै ब्यक्तिहरु लाग्थे । त्यसैमध्येका एक ब्यक्ति पन्थी हुन् । ०४५ सालमा पार्टीका तत्कालिन महामन्त्री गिरिजा प्रसाद कोइराला गुल्मी आएका थिए । त्यसैक्रममा नेपाली काङ्ग्रेसको जिल्ला कार्य समितिको पुर्नगठन भयो र उनी जिल्ला कार्य समितिका सदस्यमा मनोनयन भए ।
यसरी निरन्तर पार्टीमा क्रियाशिल उनी पार्टीका उपसभापति हुँदै ०६३ सालमा कार्यवाहक सभापति भए । जतिबेला माओवादी युद्ध चलिरहेको थियो । निरन्तर पार्टीमा ०४५ देखि ७४ सम्म पार्टीमा क्रियाशिल भई धेरैजसो गुल्मेली जनताको मन जितिसकेका छन् । त्यसैका आधारमा उनी पटक पटक महाधिवेसन प्रतिनिधि र हाल महासमिति सदस्यमा समेत निर्वाचित भएका छन ।
उनी १४ असार ०७४ मा सम्पन्न स्थानिय निकायको निर्वाचनमा वडा सदस्यमा समेत निर्वाचित भएका थिए । हाल गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को क प्रदेशसभाको लागि उम्मेद्धार भएका छन् ।
तत्कालिन माओवादीको द्वन्द चलेको अवस्थामा नेपाली काङ्ग्रेस संविधान सभामा जाने नजाने भन्ने बारे अन्योल नै थियो । चौतर्फी रुपबाट सहभागी नहुने संकेत देखा परेको थियो । त्यस्तो अवस्थामा पनि उनी गुल्मीका एमाले र माओवादीसँग सहमती गर्दै पार्टी संविधानसभाको माध्यमबाट पार्टी लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्नुपर्छ भनेर गुल्मीमा पहिलो निणर्य गरेका ब्यक्ति हुन ।
यो हस्ताक्षर सम्भवत् नेपालमै पहिलो भएको उनको दावी छ । त्यो निर्णयले काङ्ग्रेस जनमा देशभर नै चर्चा पाएको उनी बताउँछन् । यो निर्णयर्ले काङ्ग्रेका केन्द्रिय नेताहरुबाट पन्थीले धेरै चेतावनीको सामाना गर्नुप¥यो । आखिर पार्टी संविधानसभाको निर्वाचनबाट लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको सर्वविदितै छ ।
पार्टी संविधान सभा मार्फत लोकतान्त्रिक गणतन्त्रमा पुग्दा आफू सबैभन्दा बढी खुसी भएको कुरा बताउँछन् । राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि काङ्ग्रेस गुल्मीबाट कार्यवबहाक सभापतिको हैँसियतले उनले त्यसको विरोध जनाउदैँ विज्ञप्ति समेत निकाल्न हिम्मत हारेनन् ।
०६२÷६३ सालको जनआन्दोलनमा उनको नेतृत्वमा गुल्मीको समुह आन्दोलन गर्दै काठमाडौका न्यूरोड पुगेको थियो । त्यस क्रममा पुलिसको लाठि चार्ज हुँदा उनी सहित दर्जनौ गुल्मेली घाइते समेत भएका थिए ।
पटक पटक आन्दोलनमा सहभागी हुँदा उनले धेरै पटक हिरासत र राजनीतिक मुद्धा समेत खेप्नुपर्यो । अन्य समयमा पनि पार्टीले संचालन गरेको हरेक आन्दोलनमा सहभागी भएकै कारण धेरै पटक प्रहरीको हिरासतमा बसेको उनको अनुभव छ ।
सामाजिक सेवामा सर्मपित व्यतित्व उनी जिल्लाका विभिन्न सामाजिक संघ संस्थामा सक्रिय छन् । जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखि क्याम्पस संचालक समितिको अध्यक्ष, जिल्लाकै पहिलो सामुदायिक रेडियो स्काईका अध्यक्ष तथा रेसुङ्गा खानेपानीका अध्यक्ष समेत रही जनताको सेवा गर्दै आएका छन् ।
त्यसका साथै पत्रकारिता तथा साहित्यमा अभिरुचि राख्ने पन्थी प्रेस युनियन गुल्मीको संस्थापक अध्यक्ष र नेपाल पब्लिक क्याम्पस संघको केन्द्रिय सदस्य समेत हुन् । उनले आफ्नो जितपछि आगामी ५ बर्षसम्म गुल्मीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ लाई जिल्लाकै नमुना प्रदेशको रुपमा विकास गर्ने बताए ।
कांग्रेस नेता शालिकराम पन्थीले रेसुङ्गा जलाधार क्षेत्रको जलस्रोतलाई उचित ब्यवस्थापन गर्दै प्रदेशका सम्पूर्ण क्षेत्रहरुलाई कृषि नगदेबालिको रुपमा विकास गर्ने, सम्बन्धित क्षेत्रको अध्ययन र विकास गरी सुन्तलालाई पकेट क्षेत्रको रुपमा विकास गरिने, प्रदेशभित्रका विभिन्न फाँटहरुमा आवश्यक सुविधाहरु सिँचाई, कुलो आदि ब्यवस्थापन गरि कृषि कार्यक्रमहरु संचालन गरी प्रदेश क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउने।
धार्मिक क्षेत्रहरुको प्रर्दधन र विकास मार्फत पर्यटन विकास, परम्परागत तथा बिस्थापित संस्कृत भाषको अध्यापन शुरु गर्ने, प्रत्येक वडाकेन्द्रसम्म बाटो कालोपात्रे गरिने, सर्वसुलभ खानेपानीको ब्यवस्था गर्ने, विद्युत सेवा नपुगेका प्रत्येक घरमा एक बर्षभित्र विद्युत सेवा विस्तार गरिने, दलित, महिला, जनजातिको लािग शशक्तिकरणको कार्यक्रम संचालन गरिने, प्रत्येक गाउँपालिलामा सामुदायिक अस्पताल स्थापना गरि संचालन गरिने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend