logo
  • आइतबार, असोज ११ २०८३

ट्युमर रोगबाट पिडित छोरी बचाईदिन सहयोगको अपिल


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

शँकर भुसाल, गुल्मी कार्तिक १९ ।
गुल्मीकी एक चेलीले आफ्नो बच्चाको ज्यान बचाईदिन सबैसँग आग्रह गर्नु भएको छ । गुल्मेली चेली सपना नेपालीको बच्चा जन्मेको ५ महिनापछि टाउकोमा ट्युमर भई सानो रकमले उपचार सम्भव नभएपछि यसरी उहाँले आफ्नो बच्चा बचाईदिन अनुरोध गर्नुभएको हो ।
उहाँको बच्चाको अहिले उमेर तिन बर्ष पुग्यो उपचार गर्दा पनि निको भने अझै हुन सकेको छैन । नेपालका धेरै ठाउँमा उपचारका लागी प्रयास गर्यौ तर सानो रकमले उपचार सम्भव नभएपछि यसरी उपचार खर्च जुटाउँदै हिँडेका छौँ बच्चाकी आमा सपनाले बताईन । गुल्मीको मुसिकोटकी सपनाको बिवाह बुटवल मजुवामा १७ बर्षमा भएको हो ।
उहाँको पहिलो बच्चा जन्मेको पाँच महिना भएपछि टाउकोमा पानी जम्न सुरु गर्यो ज्याला मजदुरी गर्ने उहाँका श्रीमानले बच्चाको उपचारका लागी खर्च जुटाउन सक्नुभएन अनि अहिले गाउँ सहरमा पैसा सँकलन गर्दै हिँड्नु भएको छ । उहाँको अर्को पनि बच्चा छ ।
दुई बच्चा बोकेर गाउँ गाउँ गहभरी आँसु पार्दै हिँडेकी उहाँले भन्नुभयो “यो आपत छ । सहयोगका लागि माईत जाउँ भने आमा बुवा नै हुनुहुन्न उपचार खर्च दिनुस भनेर कसको दैलो ढक ढक्याउँ, अनि म र श्रीमान सँगै बच्चा बोकेर सहयोग का लागी हिँडेका हौँ । ५ बर्षसम्म पनि उपचारका लागी खर्च सँकलन गर्न सकेनौँ ,मेरो बच्चा बाँचेको हेर्न चाहान्छु ।

सपना भन्छिन – तपाईहरुको थोरै पनि सहयोग मिल्यो भने मेरो छोरी पक्कै बाँच्नेछ । देश तथा बिदेशमा रहनुभएका नेपालीहरुले उहाँको बच्चाको उपचारमा सहयोग गर्न चाहानेले उहाँको फोन न ९८६१७३९२२९ मा सम्पर्क गरि रकम सँकलन गरि उपचारका लागि रकम जुटाईदिन पनि उक्त दम्पतीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend