logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको वामगठबन्धनलाई नेकपामालेले पनि गर्योे समर्थन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी कार्तिक १९ ।
नेकपा मालेका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार भरतमणी ज्ञवालीले उमेदवारी फिर्ता लिएका छन् । उनी र अर्का स्वतन्त्र उमेदवार विष्णु प्रसाद खत्रीले पनि आज उमेदवारी फिर्ता लिएको प्रमुख जिल्ला निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

लामो समय देखि नेपालको कम्युनिष्ट आन्दोनमा लागेका नेकपा मालेका प्रभावशाली नेता ज्ञवालीले अव च्याँखे मात्रै थापेर नहुने र नेपालको वामशक्तिलाई बलियो बनाउनु पर्ने देखेर आफुले वामगठबन्धनलाई सघउन उमेदवारी फिर्ता लिएको बताए ।

गुल्मीको रुरु गाउँपालिका वम्घा घर भएका नेता ज्ञवालीको उमेदवारी फिर्ता र वामगठबन्धनलाई समर्थनले प्रतिनिधी सभाका उमेदवार प्रदिपकुमार ज्ञवाली सहितका क्षेत्र नम्वर १ का वामवगवन्धनलाई थप वल पुगेको उमेदवारहरुले बताएका छन् ।

१ नम्वर क्षेत्रका उमेदवार ज्ञवालीले निर्वाचन अघि अरु कम्युनिष्टहरु पनि वामगठबन्धनमा आउने र गठबन्धन बाहेका सर्वसाधरणले पनि आफुलाई भोट दिने दावी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend