logo
  • शुक्रबार, असोज ९ २०८३

जनताकाे सुख दु:खमा सँगै रहन्छु – सागर


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

विमल खड्का, बागलुङ कार्तिक १९ ।
वाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–१ अन्तरगत मनेवामा भएको छ । गलकाेट नगरपालिका वडा नम्बर–११ मा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बाम गठबन्धनबाट प्रदेश सभाका साझा उम्मेदवार चन्द्रबहादुर बुढा सागरले अाफु जनताकाे माझमा पहिले पनि भावना साटासाट गरेकाले यस ठाउँमा के कस्ताे बिकाशकाे अावश्यक छ भन्ने अाफुलाई थाहा भएकाले याेजनाबद् रुपले बिकाश गर्ने बताए ।
अहिलेसम्म नेपाली जनताले बलिदान गरेपनि जनताकाे माझमा अझै खुसि छाउन नसकेकाले यस पटक बन्ने बाम गठबन्धनकाे सरकारले जनताकाे मुहारमा खुसि ल्याउने बिश्वास व्यक्त गरे । थप बाेल्दै भने धार्मिक सास्कृतिक र पर्यटकीय क्षेत्रको विकाश गरि यसकाे संरक्षण गर्नुपर्ने आवश्यकता छ,’ ‘गाउँ घरका बास्तविका समस्या समाधानका लागि तपाईसँगै हाते मालो गरेर अघि बढ्छु ।
जनताकाे हितकै पक्षमा काम गरेर यस ठाउँलाई नमुना बनाउने बताए । उनले भने आफ्नो क्षेत्रमा वाम गठबन्धनको पकड बलियो रहेको भन्दै जित सुनिश्चित रहेको बताए । माओवादी केन्द्र केन्द्रीय अायाेजक समितिका सदस्य गंगा भुजेलले राष्ट्रिय एकता स्थाईत्व सरकारलागी गठबन्धनले काम गर्ने बताए ।

नेकपा एमाले संघिय मामिला तथा स्थानीय बिकाश बिभागका केन्द्रीय सदस्य सुनिल शेरचनले प्रतिकृयाबादिले बाम गठबन्धनले अतिबाद ल्याउछ भने भ्ररामक कुरा प्रचार गरेकाे भन्दै बामपंथी गठबन्धनले ३ कराेड जनताकाे सुख समृद्धिकाे लागी काम गर्ने बताए ।

कार्यक्रम राजमाेका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटाले राष्ट्रियताकाे मुद्दा देशकाे अस्थित्व जाेगाउन बामपंथीले शक्तिले गरेकाे बताए । साेहि कार्यक्रम वडा न ११ का वडा अध्यक्ष डम्बर श्रीष नेकपा एमाले जिल्ला सचिवालय सदस्य यमुना काउचा लगाएतले कार्यक्रममा बाेलेका थिए ।

सो अवसरमा नर बहादुर घर्तीकाे संयाेजकमा १ सय ५१ सदस्य निर्वाचन निर्वाचन परिचालन समिति गठन गरिएको छ । कार्यक्रम नेकपा माओवादी गलकाेट नगरपालिका वडा ११ का अध्यक्ष नर बहादुर घर्तिकाे अध्यक्षता राजमाेका कुल बहादुर थापाकाे स्वागत नेकपा एमालेका डाेलेन्द्र राना कुमालकाे संचालन समपन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend