साझा नेटवर्क
अनिल खत्री, गुल्मी कार्तिक १९ ।
नेपालमा रेकर्ड भएका गीतहरु पछिल्लो समय यता नेपाल बाहिर बिभिन्न देसहरुमा भिडियो छायाँङकन हुनेक्रम बढ्न थालेको छ । नेपाल बाहिर बिभिन्न देसहरुमा रहेका मनमोहक दृश्य सहित गीतहरुको म्युजिक भिडियोहरु तयार सँगै नेपालमा त्यस्ता गीतहरु पनि वढ्न थालेका छन् ।
नेपालमा रेकर्ड भएको गायिका कल्पना कुसुमको गीत ‘शासबिनको धडकन’ अष्ट्रेलियामा छायाँङकन भएको छ । माया प्रेममा आधारित उक्त गीत केहिदिन पहिले रेकर्ड भएको थियो ।
दर्शक श्रोतालाई गीत सहित केहि फरक अनुभुती सहितको म्युजिक भिडियो देखाउने उदेश्यले नेपाल बाहिर छायाँङकन गरिएको उक्त गीतकी गायिक कल्पनाले बताइन् । सुगम संगतीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रबेश गरेकी गायिक कल्पनाले ल्याउने पछील्लो एल्वम केहि दिनमै सार्बजनिक गर्ने बताइन् ।
गोल्डेन टाईम्सको प्रस्तुतिमा अष्ट्रेलियामा छायाँङकन भएको गीतमा मिलन मीश्र र सिता भण्डारीको मुख्य अभिनय रहेको छ । सिताले यसै गीत मार्फत पहिलो पटक मोडलिङ्ग क्षेत्रमा प्रबेश गरेकी छन् । गीतमा नेत्रजंग पाण्डेयको निर्देशन र बिनोद केसीको छायाँङकन रहेको छ । कमल खत्रीको लय शब्द रहेको गीतमा गायिका कल्पना कुसुम र कमल खत्रीकै स्वर रहेको छ ।
निकै मर्म स्पर्शी शब्द संगीतले तयार भएको गीत म्युजिक भिडियो तयार हुनसाथ बजारमा आउने कुसुमले बताइन् । गीतले धेरै दर्शक श्रोताको मन जित्नेमा आफु आसावादी रहेको कल्पनाको भनाई छ ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend