logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा को-को परे त समानुपातिकमा ?


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी कार्तिक १८ ।
गुल्मीमा एउटै पार्टी माओवादी केन्द्रबाट १६ जनाको समानुपातिकमा नामावली सिफारिस गरेर पठाईएको थियो । ठुलो दल एमाले र कांग्रेसबाट पनि त्यो भन्दा बढि संख्यामा सिफारिस भए पनि बन्द सुचिमा एक दमै कम नेता नेतृहरु परेका छन् ।

नेकपा एमालेबाट प्रतिनिधी सभाका लागि मैना भण्डारी र रामकुमारी झाँक्री परेका छन् । त्यस्तै सोही पार्टीबाट प्रदेश सभामा वालसिंह काउछा र गणेश बिश्वकर्मा परेको सो पार्टीको सचिवालय जनाएको छ ।

नेपाली कांग्रेसबाट कांग्रेसबाट केन्द्रमा सुवर्ण ज्वारचन परेको र प्रदेशमा झविन्द्र बिश्वकर्मा परेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताए । नेकपा माओवादी केन्द्रबाट केन्द्रमा संयोजक विरबहादुर कार्की र प्रदेशमा गीता थापाको नाम परेको एक नम्वर प्रदेशका उमेदवार तथा माओवादी केन्द्रका नेता सुदर्शन वरालले बताए ।

त्यस्तै गुल्मी माओवादी केन्द्रकी केन्द्रिय सदस्य रिज्जु श्रेष्ठले रुपन्देहीबाट परेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend