logo
  • शुक्रबार, असोज ९ २०८३

यसपालीको चुनावमा डर लागेको छः चन्द्र भण्डारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सन्ध्या वस्नेत, गुल्मी कार्तिक १८ ।
नेपाली कांगे्रसका नेता तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले यसपालीको चुनावमा आफु डराएको अभिव्यक्ति दिएका छन् ।

शुक्रवार नेपाली कांग्रेसको पार्टी कार्यालयमा औपचारिक रुपमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा नेता भण्डारी धेरै कुराहरु हड्बडाउँदै बोल्ने क्रममा केहि विवादस्पद अपाच्य कुरा समेत बोलेको भिडियो रेकर्डमा फेला परेको छ ।

उनले राम्रा राम्रा समाचार लेख्न भनेर पत्रकार अनिल खत्रीलाई फकाएको स्मरण गर्दै भनेका छन् –‘तपाई पत्रकारहरुले सहयोग गरी दिनु पर्यो । त्यस्तै उनले कांग्रेस भन्दा वाम पन्थीहरुको मत बढि छन् भनेर समाचार नलेखि दिन समेत पत्रकार संग अनुरोध गरेका छन् ।

उनले आफ्ना साथीहरु रिसाई रहेको भन्दै आफु अन्यौलमा रहेको कुरा समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend