साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी कार्तिक १८।
नेपाली काङ्ग्रेसले गुल्मीलाई देशमै नमुना जिल्ला बनाउने संकल्प गरेको बताएको छ।शुक्रबार सदरमुकाम तम्घासमा प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांङ्ग्रेस नेताहरुले यस्तो बताएका हुन । सम्मेलनमा नेपाली काङ्ग्रेसको तर्फबाट गुल्मी जिल्लामा प्रदेश तथा प्रतिनिधिसभामा उम्मेद्धार बनेका विभिन्न उम्मेद्धारहरुले आफ्नो भनाई राखेका थिए ।
गुल्मीमा अन्य जिल्लाको तुलनामा धेरै बजेट ल्याएका छौ । तर ठेकेदार र केहि नेता मिलेर काम समयमै नसक्दा समस्या परेको छ । रेसुङ्गा बिमानिस्थल लगायतका विकास निर्माणका योजनाहरुमा नेता र ठेकेदार दुवैको लाहापरवाहि छ ।
तम्घास–पाल्पा–बुटबल सडकअन्तरगत सिद्धबाबामा धेरै जनाले ज्यान गुमाउनुपरेकोले त्यसको विकल्पस्वरुप सालझण्डी हुँदै गुल्मी आउने बाटोको विकास गर्न लागेका छौँ । त्यस्तै गुल्मी जिल्ला साँस्कृतिक, धार्मिक तथा पर्यटकिय स्थलको प्रचुर सम्भावना रहेकोले पनि यसलाई छुट्टै ढङ्गले विकास गर्न सकिन्छ ।
हालसम्म बोटे र माझि परिवारका ४ सयभन्दा बढी घरहरु निर्माण हुन सुरु गरिएको छ । अब थप १ हजार ६ सय घरहरु तुरुन्तै बनाउन सुरु गर्छौ । यीनै कारणले गर्दा गुल्मीलाई देशकै नमुना जिल्ला बनाउन सकिन्छ । जनताले पार्टीका सिद्धान्त भन्दापनि विकास चाहाने भएकाले सिद्धान्त एकातिर राखेर विकास गर्नु जरुरी छ ।
म पनि त्यसैअनुरुप लागेको छु । गुल्मीमा मैले यति धेरै विकास गरेको छु कि जापान या अमेरीकामा यति नै विकास गरेको भए म प्रधानमन्त्रि वा राष्ट्रपति बनिसक्थेँ ।
गुल्मीको पश्चिम भेगमा भएका अधिकाशं विकास निर्माणका कामहरु मैले गरेको हुँ । जिल्लामा पहिलो पटक डोजर ल्याउने ब्यक्ति म नै हुँ । म काङ्ग्रेसको पूर्व पार्टी सभापति र पूर्व जिल्ला विकास सभापति हुँदा जिल्लामा अधिकाशं योजनाहरु भित्राएको छु । त्यसैले पनि यस क्षेत्रमा मेरो जित सुनिश्चित छ । अहिले एमाले उम्मेद्धार गोकर्ण विष्टले मैले गरेका विकास निर्माणका काम आफूले गरेँ भन्दै प्रचार गर्नुभएको छ, त्यो गलत छ । उहाँले जनतामाझ भ्रमको खेती गर्नुभएको छ ।
नेपाली भाषाको जननीका रुपमा रहेको सँस्कृत भाषालाई माओवादीको १० बर्षे जनयुद्धबाट हटाइयो, जुन गलत थियो । सँस्कृत भाषा ब्रामण जातिले मात्र पढ्नुपर्छ भन्ने गलत अवधारण हो । त्यसैले यसलाई विद्यालयको आधारभुत पाठ्यक्रममा समावेश गर्नु जरुरी छ । अर्को प्रदेशसभाभित्रका सम्पूर्ण पर्यटकिय स्थलको संरक्षण र ब्यवस्थापन गर्दै नयाँ ढङ्गले विकास गर्छु ।
प्रदेशसभाभित्रका सम्पूर्ण मोटरबाटो, खानेपानी, विद्युत लगायतका भौतिक पूर्वाधारको विकास निर्माणलाई तिब्रता दिन्छु । पर्यटकिय स्थलहरुलाई थप ब्यवस्थित गर्दै पर्यटक आगमनमा बृद्धि गर्छु । त्यसका साथै छल्दि खोलामा तटबन्ध गरी बर्षेनी सयौँ रोपनी खेत बगाउने समस्याको अन्त्य गर्छु ।
रेसुङ्गा आफै पनि पर्यटकिय स्थल हो । त्यसैले यसको विकास र संरक्षण तथा प्रचार प्रसार गरी पर्यटक आवागमनमा बृद्धि गर्छु । साथै अन्य धार्मिक मठ मन्दिर तथा धार्मिक स्थलको संरक्षण तथा विकास गरी साँस्कृतिक हिसाबले धनी प्रदेश बनाउछु । गुल्मीको पहिलो सामुदायि रेडियोको अध्यक्ष भएको हैँसियतले पनि पत्रकारहरुको हक, हितको लागि सदैव लागिपर्छु ।
पत्रकार सम्मेलनकै अवसर पारेर गुल्मीका श्रमजिवी पत्रकार जनार्दन घिमिरेकी पत्निलाई सहयोग जुटेको छ । स्तन क्यान्सरबाट पिडित उनकी धर्मपत्निलाई नगद २२ हजार १० रुपैँया आर्थिक जुटेको हो ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का उम्मेद्धार चन्द्र भण्डारी र प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेद्धार चन्द्र भण्डारीले १०/१० हजार तथा काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले २ हजार १० रुपैँया आर्थिक सहयोग गरेका हुन् । साथै कार्यक्रममा उपस्थित काङ्ग्रृेसका सबै नेताहरुले पत्रकार घिमिरेको पत्निको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend