साझा नेटवर्क
सरगम तिलक मगर, बाग्लुङ कार्तिक १७ ।
नेपाली गित सँगितको क्षेत्रमा हरेक दिन जसो नयाँ नयाँ अनुहारको आगमन भै रहेको छ । यसै बिच बाग्लुङ जिल्लाको जल्जलामा जन्मनु भएका मोडल क्षेत्रमा एउटा राम्रो सम्भावना बोकेका अभिनय क्षेत्रमा नयाँ अनुहार मिशन थापा मगरको पहिलो गितको म्युजिक भिडियो यु ट्युव मार्फत सार्बजनिक भएको छ ।
साथीभाई डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा बजारमा उपलब्ध भएको जिउदो लाश नामक गितको म्युजिक भिडियोमा कोपिल गिरी सँगिता पराजुली र मिशन थापा मगरको अभिनय रहेको छ । सपना पाईजा र सामना थापा मगरको उत्कृष्ट शब्द सिर्जनामा रहेको गितमा लय थेगो भने ढालेन्द्र रोका मगरको रहेको छ ।
यो गितमा उनै ढालेन्द्र रोका मगर र सामना थापा मगरको सुमधुर स्वरमा सजिएको छ । सामना थापा मगरको यो चौथो प्रस्तुती पनि हो । बाग्लुङ जिल्ला को जल्जलामा जन्मीएर अहिले काठमाडौंलाई कर्मथलो बनाएकी गायिका उनै मगरले यो भन्दा पहिले सारा नजरमा हाम्रो माया यो जुनीमा सम्भव हुदैन जस्ता गितहरुमा स्वर दिईसक्नु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend