logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा ६ सिटका लागि ३९ जनाको उम्मेद्धारी, ९ जना स्वतन्त्र उम्मेद्वार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी कार्तिक १६ ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि गुल्मीका सात राजनैतिक दल र स्वतन्त्र उमेदवारहरुले हर्षोउल्लासका साथ मनोनयन गरेका छन । दोस्रो चरणको निर्वाचन अन्तगरगत मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधिसभामा गुल्मीमा ३९ जनाको उम्मेद्धारी परेको छ ।
प्रतिनिधिसभामा २ सिटको लागि १६ जना र प्रदेश सभामा ४ सिटको लागि २४ जनाको उम्मेद्धारी परेको हो । जिल्लामा ७ दलको तर्फबाट ३१ तथा ९ जनाले स्वतन्त्र उम्मेद्धारी समेत दिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

जसअन्तगरत निर्वाचन क्षेत्र नम्बर १ मा ६ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ८ जनाको उम्मेद्धारी दर्ता भएको छ । त्यसैगरि निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा ८ जना, ‘ख’ मा ६ जना, निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मा ५ जना र ‘ख’ मा ५ जनाको उम्मेद्धारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।

मनोनयन समयमा राजनैतीक दलहरुबिच हुनसक्ने संभावित घटनालाई मध्येनजर राख्दै सुरक्षा व्यावस्था कडा राखिएको थियो । नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा म्यादी प्रहरी मार्फत मनोनयन दर्ता हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सुरक्षा घेराभित्र राखिएको एसपी अनुगकुमार द्धवेदीले बताउनुभयो ।

गुल्मीका विभिन्न पार्टीहरुका उमेदवारहरुको सुची

प्रतिनिधी सभा १

नेपाली कांग्रेस : चन्द्र भण्डारी
बाम गठबन्धनको तर्फबाट एमाले : प्रदिप ज्ञवाली
नयाँशक्ति नेपाल : तेज बहादुर थापा
जनमोर्चा : छविलाल सर्तुङ्गी
देशभक्त पार्टी : केशव अधिकारी
स्वतन्त्र : लक्ष्मण भण्डारी

प्रतिनिधी सभा २

कांग्रेस : चन्द्र केशी
बाम गठबन्धनको तर्फबाट एमाले : गोर्कण बिष्ट
नयाँ शक्ति : गणेश कुवंर
जनमोर्चा : रामेश्वर खत्री
मंगोल नेशनल अर्गनाइजेशन ; पदम थापा
स्वतन्त्र : चुरामणी भण्डारी, गिता पाण्डेय, अर्की गिता पाण्डे

प्रतिनिधी सभा १ प्रदेश ‘क’

कांग्रेस : पृथ बहादुर फौजदार
बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्र ः सुर्दशन बलाल
जनमोर्चा : ओम बहादुर कुवंर
नयाँशक्ति : सरोज गुरुङ्ग
राप्रपा प्रजातान्त्रिक : बसन्त बिक्रम पाण्डेय
स्वतन्त्र ; रेशमराज न्यौपाने, बिष्णु घर्ति, कृष्ण बहादुर थापा

प्रतिनिधी सभा १ प्रदेश ‘ख’

कांग्रेस : धनेन्द्र कार्की

बाम गठबन्धनको तर्फबाट एमाले : कमलराज श्रेष्ट
जनमोर्चा : टेक बहादुर खत्री
नयाँशक्ति : पदम बहादुर खत्री
स्वतन्त्र : अम्मर बहादुर कुवंर, चन्द्रकला पाण्डेय

प्रतिनिधी सभा २ प्रदेश ‘क’

कांग्रेस : शालिकराम पन्थी
बाम गठबन्धनको तर्फबाट एमाले : खडग बहादुर खत्री
जनमोर्चा : हरिलाल न्यौपाने
नयाँशक्ति : घनश्याम पाण्डेय
स्वतन्त्र : धनिश्वर गौतम

प्रतिनिधी सभा २ प्रदेश ‘ख’

कांग्रेस : छन्द बहादुर पहराई
बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्र ः दिनेश पन्थी
जनमोर्चा : धन बहादुर थापा क्षेत्री
नयाँशक्ति : धुव्र बहादुर कुवंर
मंगोल नेशनल अर्गनाइजेशन : कमल सिंजाली मगर

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend