logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा तिन शिर्ष नेताहरुले मनोनयन दर्ता गराए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी कात्तिक १६ ।
आगामी मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी गुल्मीमा पनि बिभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । जिल्लामा दुइ पार्टीका तिन शिर्ष नेताहरुले मनोनयन दर्ता गराएका छन् । एमाले माओवादी गठबन्धनबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाको लागी प्रदिप ज्ञवाली र क्षेत्र नम्बर २ बाट गोकर्ण बिष्ट मनोनयन दर्ता गराएका छन् ।
नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी चन्द्र भण्डारी र क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी चन्द्र केसीले मनोनयन दर्ता गराएका छन् । गुल्मीमा क्षेत्र नम्बर १ बाट ज्ञवाली र भण्डारी बिच हुने चुनावी प्रतिस्पर्धा रोचकपूर्वक हेरिएको छ ।

उनि २ जना शिर्ष नेता रहेका छन् । क्षेत्र नम्बर २ बाट बिष्ट र केसी बिच भने बहिर जनस्तरमा बिष्टसँग नै जनमत बलियो रहेको आकँलन रहेको छ । बाम गठबन्धनबाट क्षेत्र नम्बर १ को प्रदेश सभा तर्फ माओवादीका सुर्दशन बराल र एमालेबाट कमलराज श्रेष्ठ क्षेत्र नम्बर २ को प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका छन् ।

गुल्मीमा नेपाली काँग्रेसले एक्लै चुनावी मैदानमा उत्रिने गरि मनोयन दर्ता भएको छ । क्षेत्र नम्बर १को प्रदेश सभा तर्फ पृथ्वी फौजदार र धनेन्द्र कार्की र क्षेत्र नम्बर २ को प्रदेश सभा तर्फ शालिक पन्थी र छन्द पहराईले मनोयन दर्ता गराएका छन् । गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि मनोनयन दर्ता गराएको छ ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी छबिलाल सर्तुङ्गी र प्रदेश सभातर्फ ओमबहादुर कुवँरले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी रामेश्वर खत्री प्रदेश सभातर्फ हरि न्यौपाने र धनबहादुर थापाले मनोनयन दर्ता भएको छ प्रतिनिधी सभाको क्षेत्र नम्बर १ बाट प्रदेश सभा तर्फ टेकबहादुर खत्रीले मनोनय दर्ता गराएका छन् ।

नयाँ शक्ति पार्टी नेपालले पनि मनोनयन दर्ता गराएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र प्रदेश सभा तर्फ पदमबहादुर खत्री र ध्रुव कुवँरले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी गणेश कुवँर सिफारिस प्रदेश सभा तर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डेले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा ५ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरुमा प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट बिष्णु बहादुर घर्ति, प्रदेश सभा तर्फ धनिश्वर गौतम र रेशमराज न्यौपाने, कृष्ण बहादुर थापाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट चुरामणी भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

जिल्लामा दलहरुबाट कुनै पनि बागी उम्मेदवार परेका छैनन् । जिल्लामा ठुला २ दलबाट बाजा गाजा सहित कार्यकर्ताको जमात सहित मनोनयन दर्ता गराएका थिए । जिल्लामा सुरुमा साना दल र स्वतन्त्र उम्मेदवारहरुको समय र त्यस पछी नेपाली काँग्रेस र बाम गठबन्धनको समय निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend