logo
  • शुक्रबार, असोज ९ २०८३

पुर्ब जनमुक्ति सेना संजेलको ईलाम छेत्र नम्बर एकको (ख) बाट प्रदेशशभा निर्वाचनको उमेरद्वारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

ध्रुब क्षेत्री, कार्तिक १६,२०७४ । आगामी मंगसिर २१ मा हुन लागेको संबिधान सभा पसीको पहिलो र ऐतिहासिक संसदीय र प्रादेशिक निर्बाचनका लागि नयाशक्ति पाटि नेपाल ले बिभिन्न जिल्ला र प्रदेशमा आफ्नो उमेद्वारी दिने कामलाइ आज अन्तिम दिन संम्पन्न गरेको छ १ आज नयाशक्ति कतारका पुर्ब सचिब तथा प्रादेशिक सदस्य राम संजेल ले पनि एमाले का पुर्ब अदक्ष्य तथा पुर्ब प्रधानमन्त्रि समेत रहेका झलनाथ खनाल को ग्रिय जिल्ला तथा चुनाबी क्षेत्र इलाम छेत्र न १ को ूखू बाट प्रदेश सभा का लागि आफ्नो उम्मेदारी दिएर बाम गठबन्दनलाइ चुनौती दिनु भएको छ१ उहा अब प्रदेश सभामा एमाले र मावोबादी बाम गठबन्दन संग चुनाबी प्रतिस्प्रदा गर्दै हुनुहुन्छ१ सालिन र दिर्गकालिन भिजन भएका संजेल लामो समया जनयुद्दमा सामेल भएर बिद्यार्थी देखि पाटि को जिल्ला कमिटि मा रहेर काम गरि अति कस्ट्गर भूमिगत जिबन बिताएका युवा नेता हुन्१ हाल प्रदेशसभा का उम्मेदवार संजेल ले आफुलाई आँखा चिन्हमा मतदान गरि बिजयी गराउन सम्पुर्ण इलाम बासिमा अपिल गरेका छन्

 

इलाम क्षेत्र न १ मा विभिन्न पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले जित सुनिश्चित भएको बताइरहँदा संजेल पनि आफूलाई जनताले अनुमोदित गर्नेमा विश्वस्त देखिन्छन् । अहिलेसम्मको माहोल हेर्दा इलाम मा संजेल को स्थिति सुदृढजस्तै देखिएको छ । उनले चुनावी दौडमा बाजी मार्ने केही आधारहरुसमेत स्पष्ट देखिन थालेका छन् ।

पहिलो आधार व्यक्तित्व

राजनीतिलाई पेशा बनाउने ‘ट्रेन्ड’ पछिल्लो समय विकास भएर गएको छ । अझ भनौं राजनीतिमा यो जबरजस्त हाबी भएर गएको छ । यही प्रवृत्तिका कारण राजनीति एकपछि अर्को बदनाम बन्दै छ । कारण, नयाँ पुस्ता राजनीतिलाई देशको मूल नीति राजनीतिलाई डर्टी गेम भन्दै पन्छन् थालेका छन् । तर, संजेल राजनीतिलाई पेशा बनाउनेहरुको भीडमा उभिएका एक अब्बल अपवाद हुन् । उनले सुरुदेखि हालसम्म राजनीतिलाई जनताको सेवा गर्ने माध्यम बनाउँदै आएका छन् । विवादमा नमुछिएका संजेल ले इलाम र त्योभन्दा बाहिर इमान्दार राजनीतिज्ञको परिचय बनाइसकेकाले पनि योपटक उनी जनताको रोजाइमा पर्न सक्ने सम्भावना बढी छ ।

साझा उम्मेदवार

भूमिगत जिबन देखि हाल सम्म स्वदेश तथा विदेश मा बसेर राजनीति यात्रा गरेका संजेल सबै भन्दा कान्छा र जोसिला समाज सेबी युवा नेता हुन्१ जसले युद्द देखि हाल सम्म सम्याम र सदाचार को राजनीति मात्र गरे१

स्थानीयवासी

संजेलको अर्को प्लस प्वाइन्ट उनको अटुट लगानी हो । उम्मेदवार बनेर इलाम आउने र त्यसपछि कहिल्यै नफर्कने टुरिस्ट उम्मेदवारहरुको तुलनामा संजेल निकै बलिया मानिएका छन् । उक्त क्षेत्रको स्थानीयवासी हुनुको फाइदासमेत स्वभाविक रुपमा संजेललाइ हुनेछ ।

सहजीकरण गर्न सक्ने क्षमता

युद्ध लडेर आएका नेता कार्यकर्ता दम्भी र घमन्डी हुन्छन् भन्ने आम बुझाइ छ । युद्धमा सहभागी भएका अधिकांशमा यस्तो प्रवृत्ति रहेकाले पनि यस्तो शंकाको सुविधा दिन्छ । तर, संजेल शान्त, मिजासिला र लचकदार छन् । उनी अनावश्यक कुरामा अडान लिएर बस्दैनन् । सहजीकरण गर्न सक्ने खुबी संजेलमा रहेकाले पनि जनताले उनलाई प्रतिनिधि बनाउने अनुमान इलामको राजनीति बुझेकाहरुले गरेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend