साझा नेटवर्क
बिमल खड्का, बागलुङ कार्तिक १५ ।
बाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको क्षेत्र २ ग्वालीचौरमा सम्पन्न भएकाे छ । कार्यक्रम नेकपा माअाेवादि केन्द्र पाेलिटव्युराे सदस्य तथा साझा बाम गठबन्धनका बागलुङ क्षेत्र न २ क का प्रदेश सभा सदस्य उमेदवार चन्द्र बुढा सागर प्रमुख अाथित्याता रहेकाे थियो कार्यक्रममा बाेल्दै मध्य पहाडी लाेक मार्ग व्यवसि्थत गर्दै भित्र वस्ति सम्म पुग्ने शाखा सडक निर्माण गरि ग्वालीचौरलाई ग्रामीण नमुना शहरमा बिकाश गर्ने प्रतिबद्ता जाहेर गरे ।
बिदेशी शक्तिकाे चलखेल देशमा भष्टचार महगि र देश अस्थिरता तिर गएकाले त्यसकाे बिरुद्धमा देशमा बाम एकता भएकाे बताए । अाफु निर्वाचित भएपछि यस ठाउँकाे शिक्षा स्वास्थ्य राेजगारीकाे श्रृजना गरि बिकाशकाे जनताले अनुभुती हुने गरि काम गर्ने बताए ।
कार्यक्रममा बाेल्दै नेकपा माअाेवादि केन्द्रका केन्द्रीय अायाेजक समिति सदस्य राजिव घिमिरेले जनताले बनाएकाे सबिधानलाई संरक्षण र कार्यन्यवन गरि देशलाई समृद्धि र बिकाश हुने भएकाले बाम गठबन्धन भएको बताए ।
नेपालमा अब प्रत्क्षय कार्यकारी राष्ट्रपति तथा प्रधानमन्त्री प्रणालिमा लगेर देशलाई सामाजिकवादि क्रान्तिकारी तिर जाने भएकाले बाम गठबन्धन भएकाे उनले बताए । नेकपा एमाले जिल्ला कमिटी सदस्य अग्नि शर्माले अब देश बिकासका लागी पुजीवादी बिकाशकाे अाबश्यक भएकाेले त्यसकाे क्रान्तिका लागी गठबन्धनलाई बिजय बनाउनु पर्ने बताए।
राष्ट्रिय जनमाेर्चाका जिल्ला प्रतिनिधी मेख बहादुर पाईजाले यस ठाउँकाे सम्भावना र चुनाैतीकाे सामना गर्दै संयुक्त बामका उमेदवारलाई जिताउन कार्यकर्तालाई अाग्रह गर्नुभयाे ।साेहि कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य जिवन कुवँर घिमिरे राष्ट्रपति कार्यालयका सम्पर्क अधिकृत हिरामणी अाचार्य बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिह पाईजा नेकपा एमालेका अगुवा टिकाराम घिमिरे गुणानिधी घिमिरे छविलाल घिमिरे लगाएले अाफ्नाे मन्तव्य व्यत्त गरेका थिए।
कार्यक्रममा निर्वाचन सम्पर्क कार्यालयकाे लागी कमलराज अाचार्याकाे संयाेजकमा ३ सदस्यीय निर्वाचन निर्देशन समितिमा मेयरसिह पाईजाकाे संयाेजकमा ५ सदस्य निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिमा अग्नी शर्माकाे संयाेजकमा २५१ सदस्यीय युवा परिचालनमा उत्तम जिसीकाे संयाेजकत्वमा १५ सदस्यीय महिला परिचालनमा जिवन कुवर घिमिरेको संयाेजकतवमा ५ सदस्यीय शिक्षक बुद्धिजीवीमा बेद प्रसाद घिमिरेको संयाेजकमा ३१ सदस्यीय बिद्यार्थीमा सन्दिका घिमिरेको संयाेजकमा ५० सदस्यीय र दलितमा मिठु सुनाकाे संयाेजकमा २५ सदस्यीय कमिटी गठन गरिएको छ ।
कार्यक्रममा नेकपा माअाेवादि केन्द्र बडिगाड गाउँपालिका वडा न ५ का अध्यक्ष कलाघर घिमिरे अध्यक्षयता कम्नियुष्ठ पक्षधर घनश्याम घिमिरे स्वागत मन्तव्य र संचालन अाईपि अाचार्यले गरेका थिए । चुनावी प्रचार प्रशारकै अभियानका क्रममा भानु मावि ग्वालीचौरमा पनि भेटघाट कार्यक्रम गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend