साझा नेटवर्क
????????????????????????????????????
अनिल खत्री, गुल्मी कात्तिक १३ ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको मिनी माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ११ जनाको मृत्यु भएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको पनि बिचमा सवारी थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै र २ जनाको पाल्पा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने मध्ये सबै ११ जनाको सनाखत भएको छ । सनाखतहुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमिचौर बस्ने बर्ष अन्दाजी बर्ष ३१ का भिम बहादुर घर्ती मगर (ड्राईभर),गुल्मी मालिका गउँपालिका ६ बस्ने बर्ष ३० का लाल बहादुर मुखिया,गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौर बस्ने बर्ष २७ की यमुना पन्थी मरासिनी रहेकी छन् ।
त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊ बस्ने बर्ष ५० की मानकुमारी थापा, ईस्मा गाउँपालिका ६ बस्ने बर्ष २६ का दिल बहादुर कुमाल, ईस्मा गाउँपालिका २ पालुका बस्ने बर्ष अन्दाजी ४५वर्ष की रुवि नेपाली, गुल्मी रिमुवाकी सुमित्रा दर्लामी, मालिका गाउँपालिका गुल्मीका २० वर्षका ७ घमिर सुमन कार्की,इस्मा गाउँपालिका गुल्मीका वर्ष २४ का बिरबहादुर मुखिया,अर्घाखँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवती बस्ने बर्ष अन्दाजी बर्ष ३५ का राम प्रसाद पाण्डे, बुटवल का केशबहादुर गुरुङ्ग रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको थियो । घाइतेहुनेहरुको पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिहरु गम्भीर रहेका छन् । घाइते मध्ये इस्मा गाउँपालिका २ का सृजन मरासिनी र उनकी बहिनी शृष्टीको उपचार भइरहेको छ । बालक २ जनाको आमाको भने मृत्यु भएको छ । अन्य घाइतेहरुको पाल्पामा उपचार भइरहेकोले परिचय खुलेको छैन् । गाडीमा सवार चालक सहित १७ जना रहेका छन् । घटना स्थलमा प्रहरी शसस्त्र प्रहरी स्थानियले उद्धार गरेका थिए ।
दुर्घटनामा परेको गाडी सड्कबाट करिव ५ सय मिटर भन्दा वढी तल खसेको थियो । गाडीको तिब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटना स्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार साइडदिने बलेरो जिप सड्कको नालीमा रहेको बताए । दुर्घटना स्थल ठुलो भिर र साघुरो बाटो रहेको छ ।
माइक्रो दुर्घटनामा घाइतेहरुलाई एमाले सचिव गोकर्ण बिष्ट, रेसुंगा नगर प्रमुख डिल्लीराज भुसाल, मुसिकाट नगरप्रमुख सोमनाथ सापकोटा, खड्ग केसी लगायतले पाल्पा मिसनमा उपचारत घाइतेहरुलाई भेटेर उपचारमा केहि कमी हुन नदिन आग्रह गरेको छन् ।
बिष्टले मृत्युहुने प्रति समबेदना प्रर्कट गर्दै बुटवल तम्घासको सड्क साघुरो र जोखिमपूर्ण रहेकोले यसको बृहतर बिकास गर्न आफुले आगामी दिनमा उच्च स्थानमा राखेर ध्यान दिने एमाले गुल्मीका प्रचार बिभाग प्रमुख गणेश श्रीपालीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend