साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ कार्तिक १३ ।
अासन्न प्रदेश र प्रतिनिधी सभा सदस्यका लागी क्षेत्र न २ काे चुनावी प्रचार प्रशार अभियानका क्रममा अाज बडिगाड वडा ६ र ७ मा कार्यकर्ता भेटघाट तथा चुनावि भेला सम्पन्न भएकाे छ । भेलामा बागलुङ क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य संयुक्त बाम गठबन्धनका साझा उमेदवार चन्द्र बहादुर बुढा सागरको प्रमुख अाथित्याता रहेको थियाे ।
भेलामा बाेल्दै बुढाले एकताको भावलाई जनता माझ पुराएर पुराना तिक्ततालाई भुलि चुनावमा लागिपर्न अाग्रह गर्नुभयाे । यस ठाउकाे अार्थिक सामाजिक बिकाशका लागि अाफुले याेजनाका साथ अगाडि बढ्ने बताउनुभयो । संयुक्त बाम तालमेलले राज्य दुई तिहार बहुमत ल्याएर राज्य संचालन गरेर देश समृद्धि तिर जाने भएकाले अब त्यसमा लाग्न कार्यकर्तालाई अाग्रह गर्नुभयो ।
भेलामा बाेल्ने बक्त्ताले बाम तालमेले अब देश समृद्ध तिर जाने र स्थाईत्व सरकार बनाउन गरेकाे तालमेल उदाहरणी भएको बताए । भेलामा नेकपा माअाेवादि केन्द्र केन्द्रीय अायाेजक समितिका सदस्य राजिव घिमिरे राष्ट्रिय जनमाेर्चाका जिल्ला प्रतिनिधी मेख बहादुर पाईजा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिह पाईजा लगाएतले कार्यक्रम बाेलेका थिए ।
भेलाले बडिगाडकाे वडा ६ मा निर्वाचन उच्च स्तरीय समितिमा नर बहादुर क्षेत्रि र सुनिल थापा वडा ६ स्तरीय निर्वाचन परिचालन समितिमा फाैज बहादुर क्षेत्रीको संयाेजकमा ५ सदस्य गठन गरिएकाे छ मतदाता शिक्षा तथा युवा परिचालनमा चित्र अर्गेजा महिला परिचालनमा लक्ष्मि क्षेत्रि र सल्लाहकारमा प्रेम ब क्षेत्रिलाइ जिम्मेवारी दिएकाे छ ।
भने वडा ७ मा जित बहादुर थापा दिपक रायमाझी र अाेम बहादुर बुढालाई उच्च स्तरीय निर्वाचन परिचालन वडा स्तरीय निर्वाचन परिचालनमा गंगा गुरुङको संयाेजकमा १३ सदस्य युवा परिचालनमा खगेन्द्र बुढा र कमल घर्ति र महिला परिचालन मिना रायमाझीलाई जिम्मेवारी दिएकाे छ ।
भेलामा नेकपा एमाले नेकपा माअाेवादि केन्द्र र राष्ट्रिय जनमाेर्चाका नेता तथा कार्यकर्ताहरुले अाफ अाफ्नाे ठाउबाट रिपोर्टिङ गरेका थिए । भेलामा नेकपा माअाेवादि केन्द्रका जिल्ला सचिवालय सदस्य जितबहादुर थापा अध्यक्षता स्वागत मन्तव्य नेकपा एमालेका दिपक रायमाझीकाे स्वागत र नेकपा एमालेका कृष्ण भट्टराईले गर्नुभएको थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend