logo
  • शुक्रबार, असोज ९ २०८३

गठबन्धनलार्इ अब कुनै पनि शक्तिले रोक्न सक्दैन : देवेन्द्र पाैडेल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ कार्तिक १३ ।
बागलुङकाे क्षेत्र नं. २ अन्तर्गत बाम गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार अभियान आईतवार देखि ढोरपाटन नगरपालिकाबाट सुरु भएको छ । साेमबार वडा नं. ५ सहिखोलाबाट उक्त चुनाव प्रचार प्रसार अभियानको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बाेल्दै क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि साझा बाम उम्मेदबार देबेन्द्र पौडेलले बाम गठबन्धनको विजयी सुनिश्चित भएकाले अब कुनै पनि शक्तिले रोक्न नसक्ने बताए । यस क्षेत्रको विकासलाई राज्यको पहुच सम्म पु¥याउन बाम गठबन्धनलाई जिताउनु पर्ने  बताए ।

पौडेलले बामपन्थीहरुको गठबन्धनलाई चुनावी एकता मात्रै नभएर एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यका साथ गठबन्धन अगाडि बढेको बताए । पौडेलले आफु निर्वाचित भए यस क्षेत्र र समग्र बागलुङको विकास र समृद्धिलाई अगाडि बढाउन आफु सधै लागी पर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

त्यसै गरि कार्यक्रमा प्रदेश नं. २ ख का साझा उमेदबार टेक बहादुर घर्तीले आफू सधैभरि यस क्षेत्रका जनतासंग हातेमालो गरेर अगाडि बढ्ने बताउँदै समग्र विकासका लागि क्षेत्र र जिल्लालाई समृद्ध बनाउन प्रतिबद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा नेकपा एमाले नेता एवं अखिल नेपाल किसान महासंघ स्थायी समति सदस्य मोहनलाल शर्मा,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तुल्सीराम अर्याल, राष्ट्रिय जनमोर्चाका नेता एवं जिल्ला अध्यक्ष अमर थापा, चुुनाब परिचालन समितिका संयोजक एवं राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म बहादुर कुँवर लगायतले मन्तब्य राखेका  थिए ।

राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका वडा नं. ६ का अध्यक्ष चन्द्र बहादुर घर्तिको अध्यक्षता रहेको अभियानको उद्घाटन कार्यक्रममा तिन बाम पार्टिहरुका नेतृत्व तथा कार्यकर्ताहरुको ब्यापक उपस्थीती रहेको थियो । नेकपा माओबादी केन्द्र अधिकारीचौरका सदस्य ज्ञान बहादुर विश्वकर्माको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन नेकपा एमाले बागलुङका जिल्ला सचिवालय सदस्य लक्षमण पुनले गरेका थिए ।

यसैवीच निर्वाचन क्षेत्र नं. २ अन्तरगतको प्रदेश नं. २ मा आज संयुत्त बाम गठबन्धनको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ। भेलाले निर्वाचनलाई सफल पार्न भन्दै धर्मबहादुर कुवँरको संयोजकत्वमा ३३ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ। ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा रहेका बामपार्टिहरु, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समर्थक कार्यकर्ताहरुको भेलाले उक्त समिति निर्माण गरेको हो ।

समितिले हरेक गाउँपालिका तथा नगर पालिकामा नगर तथा गाउँपालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने र गाउँपालिका तथा नगरपालिकाले वडा स्तरीय र साविकको वडालाई मध्यनजर गरि टोल स्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने भेलाले निर्णय समेत गरेको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend