साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ कार्तिक ११ ।
अासन्न प्रदेश र प्रतिनिधी सभा सदस्यका लागी चुनावी प्रचार प्रशार अभियानका क्रममा अाज बडिगाड गाउँपालिका स्तरीय चुनाव प्रशार समितिकाे गठन गरिएकाे छ । समितिमा झन बहादुर बुढाकाे संयाेजकत्वमा १ सय १५ जना सदस्य चुनाव प्रचार प्रशार समिति गठन गरिएको हाे ।

जसमध्ये नेकपा एमालेबाट ५३ नेकपा माअाेवादि केन्द्रबाट ५१ र राष्ट्रिय जनमाेर्चाबाट ११ गरि १ सय १५ सदस्य चुनावी प्रचार प्रशार अभियानमा खटाएको छ । गाउपालिका सम्पर्क कार्यालय तथा सचिवालय सदस्यमा ५ सदस्यीय समिति गठन गरिएकाे छ जस्मा अग्न शर्मा शान्ति अधिकार मेहरसिह पाईजा झन बहादुर बुढा र बाेम बहादुर थापा रहनुभएकाे छ ।
त्यसतै बाम गठबन्धनले चुनावी प्रचारमा राजन पाईजाकाे संयाेजकत्वमा ७ सदस्यि युवा परिचालन सदस्य गठन गरकाे छ जस्मा दिनेश शर्मा मिलन रेष्मी ईश्वर बिक तिर्थलाल बुढा दालेन्द्र शेरचन र पुरन धर्तिलाई राखेकाे छ ।
त्यसतै महिला परिचालन समितमि बिना थापाकाे संयाेजकत्वमा ५ सदस्य समिति गठन गरेकाे छ । जस्मा लक्ष्मी क्षेत्री रुणमाया थापा अाशा थापा र पार्वती काउचा रहनु भएकाे छ ।
त्यसतै सुचना संचारमा कमल पाैडेल र बिमल खड्कालाई जिम्मा दिएकाे बताएकाे छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend