logo
  • आइतबार, असोज ११ २०८३

धान र कोदो स्याहार्नको चटारो सन्ध्या बस्नेत


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार,गुल्मी कार्तिक ११।
गुल्मी र आसपासका जिल्लाहरुमा यति वेला धान र कोदो स्याहार्नको माचो भई रहेको छ। हस्तीचौरको राताडाँडा नजिकैको फाँट धान पाकेर पहेँलपुर भएको भएको छ।कृषकहरु धान स्यहार्न खाली लिपेर बसेका छन। निस्तेखोलाको उपल्लो फाँट यति वेला पहेँलपुर भएको छ । मुसिकोटका भित्रि खेतहरु प्नि धानपाकेर सुन्दर देखिएको छ। उता बढिघाट खोला वारी पारी विशेष गरी वामीटक्सारको फाँटले यति वेला थप सुन्दरता थपेको छ ।

उता छिमेकी जिल्ला बाग्लुको न्वाँरा फाँट, खाराको फाँट र त्यो भन्दाँ माथीका फाँटमा पनि धान पाकेर पहेंलपुर भएको छ। मुसिकोट गाउँमा कोदो काट्न सुरु गरिएको छ। कोदो मुसाले खाएर हैरान पारेको गुनासो गर्दै हुनुहुन्थ्यो एक जना कृषक महिला घर घरमा आँगन पोतेर कोदो स्याहार्ने तयारीमा छन कृषानहरु । कोदो मकै र धान खेती गुल्मीको परम्परागत खेती हो।

पछिल्लो चरण यहाँका कृषकहरु परम्परागत खेती छाडेर तरकारी लगायतको व्यवसायिक खेतीमा लागेका छन् । परम्परा देखि स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने भाडगाउँका कृषकहरुले कोदो मकै रोप्ने वारीमा सुन्तला फलाउन थालेका छन् ।

यति वेला त्यस गाउँका सुन्ताला पाक्न थालेका छन वाटो र वेृारीभरी सुन्तालाका वोटहरुले भाँडगाउँ र उता बेँहोरो गाउँलाई सुन्दर हराभरा बनाएको छ । कुर्न समय कुहेर खेर जाने वेलौती ( अम्वा ) समेत त्यहाँका कृषकहरुले बजार सम्म पुराएर बेच्न थालेका छन । तरकारी र दुधबाट पनि त्यहाँका कृषकहरुले मनग्एये आम्दानी लिदै आएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष थम्मन केसी र अर्का युवा निरज मरासीनीले वार्षिक तिन चार लाख सम्मको सुन्ताला बेच्दै आएका छन् । दर्जनौ त्यहाँका कृषकले ठुृलो परिमाणमा सुन्तला खेति गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend