साझा नेटवर्क
अनिल खत्री,गुल्मी कार्तिक ११।
हरिबोधिनी एकादसीको अबसरमा गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा भैलो महोत्सव हुने भएको छ ।
सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा युवा क्लवको आयोजनामा यहि कात्तिक १४ गते रेसुङ्गा पोखरीमा महोत्सवको आयोजना गरेको क्लवका अध्यक्ष मनोज काउछाले जानकारी दिए । स्थानिय कला सँस्कृतिको संक्षण गर्न तथा रेसुङ्गाको महत्वलाई थप उजागर गर्दै आन्तरिक र बाहय पर्यटन आकर्षित गर्न महोत्सव आयोजना गरिएको क्लवले जनाएको छ ।
तिहारको पर्व सँगै कला सँकृतिको संरक्षण र धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रलाई अझवढी प्रचार प्रसार गर्ने मुख्य उदेश्यले महोत्सव गर्न लागेको काउछाले बताए । रेसुङ्गा क्षेत्रलाई सबैमाझ एक पटक पुग्नै पर्ने धार्मिक स्थल बनाउनु क्लवको मुख्य उदेश्य रहेको अध्यक्ष काउछाले बताए । भैलो महोत्सवमा सोह्रोटी, सालैजो, घाटु, ठाडोभाका, ख्याली लगायतका नाच देखाउने छन् ।
भैलो महोत्सवमा प्रथम हुने समुह २० हजार नगद, द्धितिय हुनेले १५ हजार नगद र तृतिया हुने समुहले ५ हजार पाउने क्लवका सचिव खगिस्वरा काला मगरले जानकारी दिइन् । क्लवले रेसुङ्गा क्लवले प्रत्येक वर्ष रेसुङ्गा क्षेत्रलाई महत्व र प्रचार प्रचार गर्ने उदेश्ले महोत्सव गर्दै आएको छ । रेसुङ्गामा प्रत्येक दिन पूजा हुनुका साथै साउन भर एक महिना र अन्य समय एकादशीमा ठुलो मेला लाग्ने गर्दछ ।
रेसुङ्गा क्षेत्र पुग्न ३० मिनेटको याडीको यात्रा र ३० मिनेटको पैद्ल यात्रा पछी रेसुङ्गा क्षेत्रका बिभिन्न मठमन्दीर हरुमा पुग्न सकिन्छ । रेसुङ्गा क्षेत्र धर्मिक तथा ऐतिहासिक सँगै त्यसक्षेत्रबाट बिभिन्न स्थानका बिभिन्न मनमोहक दृश्यहरु नियाल्न सकिन्छ ।
उक्त क्षेत्रमा दिनहु बिभिन्न स्थानबाट पर्यटकहरु पुग्ने गर्दछन् । रेसुङ्गा क्षेत्रमा पुगेर बास बस्नेहरुको लागी मध्यनजर राखेर केहि महिना देखि होटल समेत सुचारु गर्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend