logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा पहिलोपटक गाउँपालिकाद्वारा देउसीभैलो प्रतियोगिता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी कार्तिक ९ ।
गुल्मीमै पहिलोपटक धुर्कोट गाउँपालिकाद्धारा देउसीँभैलो प्रतियोगिताको आयोजना गरिएको छ । गाउँपालिकाभित्रका ७ वटै वार्डका ७ समूहबिच प्रतिस्पर्धा गराइएको थियो ।

जसमध्ये वार्ड नम्बर २ पिपलधारा प्रथम, वार्ड नम्बर ४ जैसिथोक द्धितिय, वार्ड नम्बर ३ हाडहाडे तृतिय र वार्ड नम्बर ५ धुर्कोट रजस्थल सान्तवना भएको कार्यकारी अधिकृत तोपलाल भुसालले बताए । प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई क्रमश: रु. १५ हजार, १० हजार, ७ हजार ५ सय र ५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

लोपुन्मुख अवस्थामा रहेको मौलिक कला, सँस्कृति तथा परम्पराको सहितको देउसीँभैलोको संरक्षण गरी नमुना धुर्कोट गाउँपालिका बनाउने अभियानमा सहयोग पुग्ने उदेश्यले देउसीँभैलो प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend