साझा नेटवर्क
कमल पौडेल, गुल्मी कार्तिक ९ ।
परिश्रमिक कृषि सहकारी संस्था लिमिटेड, मुसिकोट नगरपालिका वडा नं. १ थामडाँडा र मालिका गाउँपालिका १ नेटा गुल्मीको छैठौं वार्षिक साधारण सभा शुरु भएको छ। सभाको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले कृषिको विकास विना राज्य सम्वृद्ध हुन नसक्ने वताउनु भएको छ।
थामाडाँडाको सेतिपोखरीमा भएको कार्यक्रममा मेयर सापकोटाले मुसिकोट नगरपालिका कृषि मार्फत नमुना वन्ने वताउनु भएको छ। सापकोटाले नगरको विकासको लागी पूर्वाधार तर्फ खानेपानी, विद्युत र मोटरवाटो र आर्थिक स्तरवृद्धिको लागी कृषि पर्यटन र उद्योगको विकासलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गरिएको वताउनु भएको छ।
सापकोटाले सहकारी मार्फत कृषिको प्रवद्र्धन गर्ने, एक घर एक धारा कार्यक्रम मार्फत खानेपानी व्यवस्थित गर्ने वताउनु भएको छ। निस्ती खोलाको पानीलाई माथि डाँडामा पम्पिङमार्फत ल्याई पर्याप्त खानेपानी पुर्याउन वजेट विनियोजन भैसकेको भन्दै ५ वर्ष भित्र आफुले प्रतिवद्धता गरेका सवै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष रित वहादुर थापा, मुसिकोट नगरपालिकाका उप मेयर कल्पना शर्मा, वडा नं. ७ का वडा अध्यक्ष तथा आर्थिक समितिका संयोजक प्रकाश काफ्ले, वडा नं. ३ का अध्यक्ष कर्ण जि.सि., कार्यपालिका सदस्य हरि छन्त्याल, वडा नं. १ का वडा अध्यक्ष पूर्ण हितान, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरुले सहकारी मार्फत सामाजिक परिवर्तन सम्भव हुने भन्दै सवै सदस्य सचेतता पुर्वक लाग्न आग्रह गर्नुभएको थियो। कार्यक्रम सहकारीका अध्यक्ष प्रतिमा केसिको अध्यक्षता, कोषाध्यक्ष केशव घिमिरेको स्वागत मन्तव्य तथा सचिव ढाल वहादुर वोहोराको संचालनमा सम्पन्न भएको थियो। २०६८ सालमा ४२ जना कृषकहरुवाट सुरु भएको संस्थामा हाल १ सय १० जना शेयर सदस्यहरु रहेका छन्।
७ लाख वचत रहेको संस्थाले विविध कृषिजन्य कामको लागी सदस्यहरुलाई ऋण प्रदान गर्दै आएको छ। तिन दिन सम्म चल्ने सो साधारण सभाले आर्थिक तथा प्रगति प्रतिवेदन पासगर्ने संस्थाका कोषाध्यक्ष केशव घिमिरेले जानकारी दिनुभएको छ।
तेस्तै जनज्योती मावि मुसिकोट नगरपालिका वडा नं. १ अरेवाको आयोजनामा जनप्रतिनिधिलाई सम्मान तथा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, उपमेयर कमला शर्मा, वडा नं. १ का अध्यक्ष पूर्ण हितान, वडा नं. ४ का अध्यक्ष कर्णध्वज जि.सि., वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले, नगर कार्यपालिका सदस्य हरि छन्त्याल, जुद्धविर विक लगाएतलाई दोसल्ला सहित सम्मान गरिएको थियो। सम्मानित जनप्रतिनिधि वोल्दै निर्वाचनमा आफूले गरेका वाचा पुरा गर्ने वताउनु भएको थियो।
विद्यालयको तर्फवाट पूर्व विद्यालय व्यावस्थापन समिति अध्यक्ष हिरा गिरिले विद्यालय द्धन्द्ध वाट हुर्केको भन्दै चन्दावाट मात्रै विद्यालय चलेको ले अव राज्यको ध्यान नगए वन्द गर्नुपर्ने अवस्था आएको वताउनु भएको छ । मेयर सापकोटाले विद्यालयको लागी सहयोग गर्ने वाचा गर्दै विद्यालयको लागी तत्काल एक दरवन्दिको व्यावस्था गर्न पहल गर्ने, भौतिक व्यावस्थापनको लागी भवन व्यावस्थापन गर्ने, खेलकुद मैदानको लागी तत्काल वजेट व्यावस्थ ागर्ने वताउनु भएको छ।
सापकोटाले विद्यालयको स्तरवृद्धिको लागी भौतिक पक्षसंगै शैक्षिक वातावरण र प्रसासन चुस्त हुनुपर्ने वताउनु भएको छ। कार्यक्रममा सम्मानित व्याक्तित्व सहित वडा सदस्य दल वहादुर थापा, विद्यालयका चन्दादाता, पदाधिकारी, शिक्षक लगाएतको सहभागिता रहेको थियो।
कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भुपेन्द्र रायमाझिको अध्यक्षता, विद्यालयका शिक्षक दुर्गा प्रसाद पौडेलको स्वागत मन्तव्य तथा प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend