logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचनको कार्यालय स्थापना


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी कात्तिक ९ ।
आगामी मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको लागी गुल्मीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय बिहिवार एक कार्यक्रमका बिच सदरमुकाम तम्घासमा स्थापना गरिएको हो । निर्वाचनको लागी मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश रामप्रसाद न्यौपाने रहेका छन् ।

दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा ४ वटा प्रदेश सभा क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ हेर्ने गरि मुख्य निर्वाचन अधिकृत न्यौपाने निर्वाचन अधिकृतमा नियुक्त भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतमा कमलराज गौतम निर्वाचन अधिकृतमा नियुक्त भएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दर्गाप्रसाद बस्यालले जानकारी दिए ।

दोस्रो चरणको निर्वाचन हुने जिल्लाहरुको लागी कात्तिक १६ गते मनोनयन दर्ताको मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend