logo
  • शुक्रबार, असोज ९ २०८३

बाम तालमेसँग कोहि डराउनु पर्दैन: एमाले नेता ज्ञवाली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी कार्तिक ७ ।
नेकपा एमालेका केन्द्रिय सचिव प्रदीप ज्ञवालीले वाम तालमेलसगँ नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन ।

सोमवार गुल्मीका संचारकमीहरुसँग कुरा गर्दै नेता ज्ञवालीले वाम तालमेलप्रति नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन । अहिले वामपन्थी शक्तिहरु बिच चुनावी तालमेल मात्र नभएर पाटी एकताको प्रक्रृया अगाडि बढेकाले काग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री देउवाले तालमेलसगँ डराएर बिभिन्न अभिब्यक्ति दिने काम बन्द गर्न समेत उनले चेतावनी दिए ।

प्रधानमन्त्रीले वाम गठबन्धनको बिषयमा बिभिन्न टिका टिप्पणीहरु गर्नुभएको छ नेता ज्ञवालीले भने‘ उहाँलाई म आग्रह र स्पष्ट पार्न चाहान्छु ,यो चुनावी गठबन्धन मात्र नभएर पाटी एकीकरणको काम शुरु भएको छ ।’ उनले एउटै वामपन्थीहरुको पाटी निमार्ण गर्ने तयारी भैरहेकाले वाम एकतावाट कुनै पनि शक्ति अतालिनु पर्ने कुनै पनि कारण नभएको स्पष्ट पारे ।

मनोनयन दर्ता गर्ने क्रममा केही स्थानहरुमा तालमेलमा समस्याहरु देखिए नी भन्ने पत्रकारहरुको जिज्ञाशामा नेता ज्ञवालीले पाटीको हित भन्दा ब्यक्ति हित नहुने भन्दै एक्लै चुनावी मैदानमा जादाँ पनि आकाक्षीहरु धेरै भएपछि केही समस्या देखा परेपछि त्यो समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend