साझा नेटवर्क
कमल पौडेल, बागलुङ कार्तिक ७।
मुसिकोट नगरपालिका वडा नंं.७ को विकासको लागी वृहत छलफल तथा परामर्स कार्यक्रम वामीटक्सारमा सम्पन्न भएको छ।
परामर्स सहितको छलफलमा नगरपालिका भवन निर्माणको लागी ४ स्थानमा, वडा कार्यालय भवनको लागी ७ स्थानमा,वसपार्कको लागी २ स्थानमा, सभाहल निर्माणको लागी ४ स्थानमा निशुल्क जग्गा दिन जग्गा दाताहरु तयार भएका छन्। त्यस्तै एक घर एक धारा कार्यक्रम संचालन गर्ने, वडा नं. ७ मा केन्द्रिय विद्युत विस्तार गर्ने,वजारका भित्री सडकहरु पक्कि वनाउनको लागी नगरपालिका र स्थानिएको साझेदारी रहने विषयमा समझदारी भएको छ।
भेलामा मेयर सोमनाथ सापकोटा, उपमेयर कमला शर्मा, कार्यपालिका सदस्य हरि छन्त्याल, वडा नं. ३ का वडा अध्यक्ष कर्णध्वज जि.सि.,वडा नं. ८ का अध्यक्ष नारायण सापकोटा, कार्यपालिका सदस्यहरु सत्या जिसि, रेणु प्रधान, रुद्रावति वहुमुखि क्याम्पस संचालक समितिका अध्यक्ष महेश जिसि, नेकपा माओवादी केन्द्रका भूवन केसि, राष्ट्रिय जनमोर्चाका मोहनलाल श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो।
भेला वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता तथा वडा सचिव सुर्य सोमैको संचालनमा सम्पन्न भएको थियो। वडा भित्र नगरपालिका भवन, वसपार्क, सभाहल, पार्क, वडा कार्यालय, वृद्धआश्रम, खेलकुद मैदान निर्माण, फोहर व्यावस्थापन, खानेपानी, विद्युत, भित्रिसडक कालोपत्रे लगाएतको विषयमा परामर्श गर्न भेला वोलाईएको थियो।
भेलामा भएका समझदारीलाई अवलम्बन गर्दै छिट्टै कार्यपालिकावाट ठोस निर्णय गरि कार्यक्रम संचालन गरिने वडा अध्यक्ष प्रकाश काफ्लेले जनाकारी दिनुभएको छ। भौतिक निर्माणको लागी निशुल्क जग्गा दिनेको होड नै चलेको ले उपयुक्त जग्गा छनौट गरिने अध्यक्ष काफ्लेले वताउनु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend