logo
  • आइतबार, असोज ११ २०८३

तिहारको भन्दा म्यादी प्रहरीमा जागिरको चटारो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार,गुल्मी कार्तिक ५।
भाई टिकाको दोश्रो दिन म्यादी प्रहरीमा भर्ना छनौटको दौड लगायतका विभिन्न प्रतियोगिता हुने भए पछि आवेदन दिएकाहरुलाई यसपालिको तिहार आएन् ।अधिकांस आवदेकहरु भाई टिकाकै साँझ सदरमुकाम तम्घास भित्रिएका थिए भने कोही दोश्रो दिन कार्तिक ५ गते हस्याँङ्ग र फस्याँङ्ग गदै सदरमुकाम तम्घास भित्रिदै थिए । तम्घासको चिदीचौरमा कार्तिक ५ गते विहान भएको प्रतियोगितामा विवाहित तर पति पिडित महिलाहरु प्नि थिए । ति मध्येकी एक थिईन हस्तीचौरकी विष्णु बोहरा,आवेदक पुरुषहरु मध्ये अधिकांस विदेश गएर फर्किएकाहरु म्यादी प्रहरीमा भर्ना हुन आएका थिए ।

विरबास भट्टेचौरका केयरसिंह राकस दुवईैमा दुई तिन वर्ष बसेर फर्किएको र म्यादी प्रहरी तहको जागिर सधै स्वदेशमा पाए आफु विदेश नजाने बताउँदै थिए । युवाहरु मध्ये धेरै जसो कक्षा १० उतिर्ण गर्न नसकेका थिए भने युवतीहरु स्नातकको परिक्षा दिएर बसेका बढि थिए । ति मध्ये लिम्घा एक्सीङ गाउँकी नविना सारु वेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको बताउँदै थिईन् ।

गुल्मीको म्यादी प्रहरीमा छिमेकी जिल्ला अर्घाखाँचीबाट पनि आएका छन् । ति मध्येकी सिता पुरी पनि स्नातक दोश्रो वर्षमा अध्यान गर्दै रहेको बताउँदै थिईन् । कुर्घाबाट आएकी रञ्जु थापा र तम्घासकै रिता खत्री विवाहित हुन । आफुहर भने पति पिडित नभएको र जागिर खाने रहरले आएको बताउँदै थिए । भर्ना छनोट प्रतियोगितामा निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापा आफै खटिएका थिए ।

जम्मा १ हजार ८४ जना लिनु पर्नेमा त्यसको दोव्वर भन्दा बढि २ हजार २ सय ४४ जनाको आवेदन परेको उनले बताए । ति मध्ये पुरुषको संख्या १८ सय ५३ र महिलाको संख्या ३ सय ९३ रहेको र एउटा केन्द्रमा अनिवार्य एक जना महिला रहनु पर्ने भएकोले १ सय ८३ जना महिला लिनै पर्ने उनले बताए ।

आज पहिलो चरण भएको र कार्तिक १० गते समम छनौट भई सक्ने उनले बताए । दौड प्रतियोगितामा पुरुष जतिकै महिलाहरु समय सिमा भित्र उतिर्ण भएको देखिन्थो । तर सेटअपमा भने निकै कम्जोर देखिन्थे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend