साझा नेटवर्क
अनिल खत्री,गुल्मी कार्तिक २ ।
रुरु मल्ट्रिमिडिया प्रा.लि छत्रकोट गाउँपालिका ४ श्रृङ्गा गुल्मी द्धारा संचालित रुरु एफ.एम ९४.८ मेगाहर्जले आफ्नो संचार यात्राको दशौं बर्ष पुरा गरेको छ।
भाषा कला र संस्कृतिको प्रचार ,गाउँ गाउँमा सुचना र संचार भन्ने नाराका साथ स्थापित रुरु एफ.एम, गुल्मी जिल्ला संगै छिमेकि जिल्लाहरु अर्घाखाँची ,पाल्पा ,बाग्लुङ्ग, प्युठान ,रोल्पा ,स्याङ्गजा, कपिलबस्तु,रुपन्देहीका केहि भाग लगायतका करिव १५ भन्दा धेरै जिल्लाहरुमा सुन्न सकिन्छ ।
२०६५ साल कात्तिक लक्ष्मीपूजाको अबसर पारे स्थापना भएको रेडियो २४ सै घण्टा प्रसारणमा रहेको रुरु एफ एम ले विभिन्न समाचार मुलक ,शिक्षामुलक, जनचेतनामुलक र विभिन्न साङ्गगितिक कार्यक्रमहरु प्रसारण र संचालन गर्दै आएको छ ।
आफ्नो ११ औं बर्ष प्रवेशको अवसरमा रेडियो संचालन समितिका अध्यक्ष एवम रेडियोका व्यवस्थापक युगराज बस्यालले शुभकामना सन्देश व्यक्त गर्दै सम्पुर्ण श्रोता,विज्ञापन दाता,शुभचिन्तक,पत्रकार लगायत सम्पुर्णलाई साथ र सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै आगामी यात्रामा पनि साथ र सहयोगको अपेक्षा गरेका छन्। साथै दिपावलीको अवसरमा शुभकामना समेत व्यक्त गर्नु भएको छ।
रेडियोले आफ्नो बार्षिक उत्सव एवम शुभ दिपावलिको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको छ। आफ्ना श्रोता,शुभचिन्तक,विज्ञापन दाता,विभिन्न राजनितिक दलका प्रतिनिधि ,पत्रकार र स्थानियको बिचमा शुभकामना आदान प्रदान गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend