logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको रेसुङ्गा गौशालामा औँसीको अबसरमा गाईको पूजा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी कार्तिक २।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन औँसी गाईको पूजा गरेर मनाउने प्रचलन रहेको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अबसर पारेर गुल्मीको धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक रुपमा पूजा गरेका छन् ।जिल्लाको सदमरमुकाम तम्घास सँगै बिभिन्न स्थानबाट गाईको पूजा गर्नेहरुको बिहानै देखि भिड लाग्ने गरेको छ । गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन,तेल,रोटी,चामलको पिठो लगायत खुवाएका थिए । हिन्दुधर्ममा गाईको पुजा गर्नलाले स्वर्गको वासहुने मान्यता रहेको छ । गाईको पूजा गर्नाले आफुले भुल गरेर गरेका पापहरु नासहुने र पुण्ड्य लाभ हुने प्रचलन रहेको छ । रेसुङ्गासँगै रहेको गौशालामा २०४२ साल देखि गाईहरु पालिदै आएको छ । धार्मिक स्थलसँगै रहेको गौशालाको प्रचार प्रसारमा कमी भएको स्थानियको गुनासो रहेको छ । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घास वासी र छिमेकी गाउँपालिकाहरुबाट भक्तजन पुग्ने गर्दै आएका छन् । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ । रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।गौशालामा हाल झण्डै २ सय भन्दा वढी गाईगोरुहरु रहेका छन् । स्थानिय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा उक्त स्थानमा पालिदै आएको हो । रेसुङ्गा सँगै गौशालाको पर्यटकिय महत्व वढाउनको लागी प्रचार प्रसारमा सबैको ध्यान जान जरुरी रहेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाललले बताए ।गाईको हिन्दु धर्ममा महत्व धेरै छ उनले भने ‘गाई मात्र होइने गाईका गहुँतको पनि उत्तिकै महत्व र औषधीको रुपमा पनि प्रयोग हुँदै आएको छ ।’ हामीले गाईबाट दुध घिउसँगै गहुँतबाट औषधी पनि बन्छ भुसालले भने ‘गहुँत पूजा पनि प्रयोग हुनाले यसको धेरै महत्व छ ।’

धार्मिकता सँगै रहेको गौशालाको बिकास र पर्यटकिय आकर्षण बढाउन स्थानिय जातका गाई सँगै अन्य प्रजातीका गाईहरु पनि यस ठाउँमा पालिनु पर्ने भुसालले जोड दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend