logo
  • सोमबार, असोज १२ २०८३

स्वाभिमानको लडाई चलिरहेको एमाले वैकल्पिक केन्द्रिय सदस्य मना केसिको भनाई


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ कार्तिक २।
नेकपा एमाले जिल्ला कमिटि बागलुङका सदस्य गुन्ज वहादुर थापाको ९ औं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आज गल्कोट नगरपालिका वडा नं. ७ मल्ममा सम्पन्न भएको छ।सो शोक सभाको सम्बोधन गर्दै नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य मना केसिले थापाले पुराएको सामाजिक योगदानको चर्चा गर्नुभएको थियो। कम्यूनिष्ट आन्दोलनमा स्वर्गिय थापाले पुर्याएको योगदानको चर्चा गर्दै देश अहिले स्वाभिमानको युद्धमा रहेको वताउनु भएको थियो।जनतालाई लोककल्याणकारी राज्य मार्फत सम्वृद्ध गराउनु पर्ने भन्दै एमाले सोहि अभियानमा लागेको वताउनु भएको थियो। कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपसचिव तथा जिल्ला समन्वय समिति बागलुङका उपाध्यक्ष विष्णु प्रसाद भुसाल, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद कमल पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन गल्कोटका राम वहादुर खत्रि लगाएतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रम नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा गल्कोट संयोजक डम्वर श्रीसको अध्यक्षता, तथा नेकपा एमाले गल्कोट नगरकमिटि सचिव पदम वहादुर कार्किको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend