साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी कार्तिक २।
इस्मा गाउँपालिका ४ को अति विकट मानिने कोटकोटेरीमा स्वास्थ्य इकाइको स्थापना गरिएको छ ।
भौगोलिक अवस्थाका कारण हरेका पुर्वाधारले पछि परेको सो स्थानमाका स्थानीयको स्वास्थ्य अवस्थालाई मध्येनजर गरेर इकाईको स्थापना गरिएको हो । कोटकोटेरीका स्थानीयहरु कुनै पनि स्वास्थ्य सुविधा लिन दुईदेखि तीन घण्टाको बाटो हिडेर जानुपर्ने बाध्यता रहेको वडा सदस्य समेत रहेका भिमकान्त खनालले बताए ।
अब त्यो समस्या समाधान भएको छ ।अहिले स्थापना भएको स्वास्थ्य इकाईबाट आधारभुत तहको प्राथमिक उपचार सजिलैसंग आफ्नै घरदैलोबाट लिन सकिने इस्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र प्रसाद भुसालले बताए ।
स्वास्थ्य इकाईको बुधबार इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले शुभारम्भ गरेको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले बताए । स्वास्थ्य इकाईको शुभारम्भ गर्दै प्रमुख बिष्टले अहिलेसम्म पालिका भित्रका दुई स्थानमा स्वास्थ्य इकाई स्थापना भइसकेकाले आवश्यक स्थानमा यो कार्यक्रमलाई बिस्तार गरिने बताए।
यो स्वास्थ्य इकाईबाट अव त्यस स्थानका करिव डेढ सय सय घरपरिवार र मालिका गाउँपालिका अन्तरगत नेटा आसपासका स्थानीयहरु लाभाम्बित हुने वडाध्यक्ष अधिकारीले बताए । कार्यक्रममा गाउँपालिका उपप्रमुख बिमला खत्री, कार्यकारी अधिकृत सरोज पोख्रेल, गाउँकार्यपालिका सदस्य कमला विक, वडा सदस्य भोलासिंह थापा, स्वास्थ्यकर्मी गोकर्ण थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गनुप्रसाद अधिकारीकाको अध्यक्षता, वडा सचिव भिम प्रसाद पोख्रेलको स्वागत तथा दोहली स्वास्थ्यचौकी इन्चार्ज रमेश मरासिनीको संचालनमा सम्पन्न भएको थियो।
स्वास्थ्य इकाई स्थापनासंगै इस्मा गाउँपालिका स्वास्थ्य संयोजक चन्द्र प्रसाद भुसालले झण्डै एक सय स्थानीयहरुको स्वास्थ्योपचार गर्नुका साथै औषधी बितरण गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend