साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी,३१ असौज ।
विभिन्न दर्जनौ संचार माध्यममाबाट समाचार प्रशारण तथा प्रकाशन भएपछि धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलकी निर्मला केसीलाई सहयोग जुट्न थालेको छ । बद्री बहादुर खत्रीकी ११ बर्षिया छोरी निर्मलाको मुटुको भल्भ खराब भई प्रत्यारोपण गर्नको लागि आर्थिक जुटाउने उदेश्यले ‘निर्मला केसी बचाउ अभियान’ नै सुरु गरिएको थियो । इन्दिरा युवा क्लवले गरेको बचाउन अभियानमा हालसम्म पिडित बालिकाको नाममा ५२ हजार रुपैँया आर्थिक संकलन भएको क्लवका सचिव कृष्ण बहादुर केसीले बताए ।

अभियानको सुरुमा क्लवले नै १० हजार रुपैँया राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरिदिएको थियोे । त्यसपछि असौज १० गतेदेखि १२ गतेसम्म धुर्कोट गाउँपालिका ४ जैसिथोकमा सम्पन्न भएको धुर्काेट बडादसैँ मेलामा र पूर्णिमाको दिन धुर्कोट कोटमा भएको सरायँ नाचँमा पनि बालिकाको उपचारको लागि आर्थिक संकलन गरिएको थियो ।
विभिन्न संचार माध्यममा बालिकाको ज्यान बचाउनको लागि समाचार प्रशारण तथा प्रकाशन भएपछि समाचार सुनेर कतिपयले सहयोग गरेको क्लवले जनाएको छ । यसरी आर्थिक संकलन हुन थालेपछि मुुटुको भल्भ विग्रिएकी बालिकालाई काठमाडौ उपचारको लागि काठमाडौ लैजाने तैयारी गरिएको छ । खत्रीको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोेले आर्थिक संकलन गरी उपचारमा सहयोग गर्ने उदेश्यले ‘निर्मला केसी बचाउन अभियान’ सुरु गरिएको क्लवका सचिव केसीले जानकारी दिए ।
पिडित केसीको परिवार २०७२ को भुकम्पले घर पूर्णरुपमा क्षति भएकोले अहिले गोठमा बस्दै आइरहेका छन् । इन्दिरा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा खत्रीले आफ्नो उपचारमा आर्थिक सहयोग गरि जिवन बचाइदिन सबैमा आग्रह गरेकी छिन् ।
मुटुरोगबाट पिडित खत्रीले आफू पढेर ठूलो मान्छे सपना समेत रहेको बताइन् । ‘पढेर केहि न केहि गर्छु भन्ने अठोट लिएकी छु ।’ ११ बर्षिया बालिका खत्रीले भनिन्, ‘तर के गर्ने, बिरामी परेपनि उपचारको लागि घरमा पैसा छैन ।’

उनको उपचारको लागि सहयोग रकम संकलन गर्दै आएको इन्दिरा युवा क्लवले पनि उनको ज्यान बचाउनको लागि सबैमा आर्थिक सहयोगको अपिल समेत गरेको छ । जसका लागि उसले राष्ट्रिय बाणिज्य बैंकमा रहेको क्लवको खाता नम्बर ३०१०००६७२२०१ मा सहयोग रकम डिपोजिट गरिदिन वा क्लवका सचिव कृष्ण बहादुर केसीको फोन ९८४७०८२२६२ अथवा स्थानिय पत्रकार दधिराम खनालको फोन ९८४७१८४०१५ मा सम्पर्क गरी सहयोग गरि सबैमा आग्रह गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend